site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सबल स्थानीय स्वास्थ्य प्रणालीका लागि कांग्रेसका ६ संकल्प
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कंग्रेसले ‘समुन्नत गाउँ, समुन्नत नगर सबल स्थानीय सरकार’ नाराका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।  

घोषणापत्रमा ‘निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच’ सुनिश्चित गर्न ६ बुँदे संकल्प समेटिएको  छ । जसअन्तरगत सबल स्थानीय स्वास्थ्य प्रणालीका लागि सचेत नागरिक जवाफदेही नेतृत्व, दक्ष र उत्प्रेरित जनशक्ति, भौतिक पूर्वाधार र उपकरण, घर नजिक नि:शुल्क आधारभूत सेवा,सबैलाई स्वास्थ्य बिमा, गुणस्तरीय सेवा, सहज र समतामूलक पहुँच राखिएको छ ।

Agni Group
NIC Asia

स्थानीय तहले स्वास्थ्यमा १० प्रतिशत बजेट पुर्‍याउनुपर्ने, सबै नागरिकलाई स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक र विशेष अवस्थाका नागरिकलाई घरमै स्वास्थ्य सेवा, सबै स्थानीय तहका सामुदायिक अस्पतालमा नि:शुल्क प्रदान गरिने औषधिको २४ सै घण्टा उपलब्धता जस्ता बुँदा घोषणापत्रमा समेटिएका छन् ।

त्यस्तै मानसिक स्वास्थ्यअन्तरगत प्रत्येक स्थानीय तहमा एक पुनर्स्थापना केन्द्र, जंक फुड निषेधित विद्यालय क्षेत्रदेखि स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिताका लागि निजी क्षेत्रसँग सहकार्यसमेतका ११ वटा मुख्य बुँदा प्रस्तुत गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu