काठमाडौं । इनोभेटिभ नेसन प्रालि व्यावसायिक म्युजिक भिडियो उत्पादन सेवा (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ ।
नेपालका लोकप्रिय इभेन्टको पर्यायवाची इनोभेटिभ नेसन प्रालि व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादन गर्न लागिपरेको हो ।
एक दशकअघिदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन प्रालिले प्रोफेसनल म्युजिक भिडियो इन्डस्ट्रीमा छलाग मारेको छ ।
उनीहरूले केही प्रमुख विश्वव्यापी ‘म्युजिक लेबलहरू’सँग मिलेर संगीत संस्कृतिलाई विश्वभर फैलाउने योजना बनाएका छन् ।
भारतका डिजे हर्षित शाहसँग पहिलो म्युजिक भिडियो रेकर्ड गर्ने योजनामा उनीहरु छन् ।
“नेपालको नाइटलाइफ र काठमाडौं सहरको सौन्दर्य समेटेर म्युजिक भिडियो सुट हुनेछ,” डाइरेक्सन अपरेसन (निर्देशन सञ्चालन) र कम्पनीका संस्थापकको रूपमा यशवन्त अग्रवालले भने, “उपलब्ध बेस्ट क्यामेराको प्रयोग गर्दै व्यावसायिक सिनेमा फोटोग्राफरले खिचेको आर्ट भिडियो देखाउन चाहन्छौँ,” उनले थपे ।
यसले नेपाली कलाकारका लागि नयाँ बाटो खोल्नेछ र यस क्षेत्रको पर्यटन उद्योगको उन्नति हुनेछ ।
हालसालै इनोभेटिभ नेलन इभेन्ट्सले लक्जरी विवाह र डेस्टिनेसन विवाहमा पनि पाइला चालिसेको छ । जुन धेरैमाझ चर्चा भइसकेको छ ।