site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धर्मबहिनी

ढाकामोहन बराल


“यसपटक कसरी सम्झनुभएछ थाहा भएन, दाइले बोलाउनुभएको छ । तिजमा दाइको घर जाऊँ है ?,” उनले श्रीमान्सँग अनुमति मागिन् ।

आमाको निधनपछि माइती नजिक भएको थिएन विगत चारपाँच वर्षदेखि ।

“आखिर माइती न हुन्, ढिलोचाँडो सम्झिन्छन्,” श्रीमान्ले पनि स्वीकृति दिने आशयमा बोले ।

उनी दाइकहाँ पुगिन् । उनी पुग्दा दाइ फोनमा व्यस्त थिए, “सधैँ आउने तिमी, यसपटक आइनौ । तिमी नआउने भएपछि मैले बैनीलाई बोलाएँ,” दाइको संवाद उनको कानमा पर्‍यो ।

भाउजूलाई सोधिन्, “दाइ कोसँग कुरा गर्दै हो ?”

“रुकु नानीसँग होला । धर्मबहिनी हुनुहुन्छ नि ! श्रीमान् सीडीओ भएर जिल्लातिर सरुवा हुनुभएछ, उहाँसँगै जानुपरेकोले आउन पाउनु भएन बिचरा !,” भाउजूले जवाफ दिइन् । 
(पोखरा)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro