site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेन्जेमाको गोलले साविक विजेता चेल्सी स्तब्ध
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साविक विजेता चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बन्ने संकेत दिएको थियो । तर, करिम बेन्जेमा पुनः एकपटक नायक बनेपछि रियालका घरेलु समर्थकले सान्टियागो बेर्नाबेउमा खुसी मनाउन पाए ।

बेन्जेमाको ह्याट्रिकमा रियालले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमै ३–१ को अग्रता लिएको थियो । घरेलु मैदानमा पराजित चेल्सीले गए राति मड्रिडमा सम्पन्न दोस्रो लेगमा भने उत्कृष्ट पुनरागमन गर्दै ३–० को अग्रता लिएको थियो । खेल सकिन १० मिनेट बाँकी हुँदा रोड्रिगोले गोल गरेपछि निर्धारित ९० मिनेटको समय ४–४ को बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेट समयको छैटौँ मिनेटमै बेन्जेमाले गोल गरेपछि रियालले समग्रमा ५–४ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । पहिलो लेग ३–१ ले जितेका कारण दोस्रो लेग ३–२ ले हारे पनि समग्रमा विजय हासिल गर्दै रियाल अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

Agni Group
NIC Asia

रियालको घरेलु मैदानमा चेल्सीले १५औँ मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो । ५१औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलबाट चेल्सीले अग्रता दोब्बर बनायो । ६२औँ मिनेटमा मार्कोस एलोन्सोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन । ७५औँ मिनेटमा टिमो वेर्नरले तेस्रो गोल थपेपछि चेल्सी जितनजिक पुगेको थियो । तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा उल्टै रियाललाई नतिजा सुम्पिएर फर्किनुपरेको हो । रियालका रोड्रिगोले ८०औँ मिनेटमा गोल गरेका थिए

Global Ime bank

‘‘बेर्नाबेउमा यो अर्को अविश्वसनीय रात रह्यो,’’ रियालका मिडफिल्डर लुका मोड्रिचले भने, ‘‘हामीले संघर्ष गर्नुपर्‍यो । तर, अन्तिमसम्म हिम्मत हारेनौँ । गोलका लागि अन्तिम समयसम्म मिहिनेत गर्‍यौँ । हामीले सक्ने सबै प्रयास गर्‍यौँ । र, अन्तिममा त्यसको फल पनि पायौँ ।’’

बेन्जेमाले अन्तिम–१६ मा पनि रियाललाई जोगाएका थिए । रियाल पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पहिलो लेगमा १–० ले पछाडि परेको थियो । तर, घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा बेन्जेमाले ह्याट्रिक गरेपछि रियालले समग्रमा ३–१ को नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

गए राति बेन्जेमाले थपिएको समयमा भिनिसियस जुनियरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । जारी सिजन च्याम्पियन्स लिगमा बेन्जेमाको यो १२औँ गोल हो । 

‘‘हामीले धेरै संघर्ष गर्नुपर्‍यो,’’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘तर, दुई लेग गरी १८० मिनेटको समयपछि मलाई लाग्यो, हामी जित्छौँ ।’’

योसँगै एन्सेलोट्टीले आठपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाए । उनले जोजे माउरिन्हो र पेप ग्वार्डिओलासँग बराबरी गरेका छन् । रियालले अब म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सिटीले घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा १–० को अग्रता लिएको छ ।

गए राति नै सम्पन्न अर्को खेलमा स्पेनकै अर्को क्लब भियारियालले जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय