site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् साविक विजेता भान्ड्रोसोभा 

काठमाडौं । साविक विजेता मार्कोटा भान्ड्रोसोभाको विम्बल्डन यात्रा पहिलो चरणमै समाप्त भएको छ । वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको पहिलो चरणमा स्पेनकी जेसिका बोजास मानेरियोसँग पराजित भएपछि महिला एकलतर्फकी साविक विजेता भान्ड्रोसोभाको यात्रा पहिलो चरणबाटै समाप्त भएको हो ।

गत वर्ष प्रतियोगिताको दाबेदारीमा नरहे पनि फाइनलमा ओन्सा जाबेउरलाई हराउँदै भान्ड्रोसोभाले महिला एकलको उपाधि जितेकी थिइन् । तर, मंगलबार भएको यस वर्षको पहिलो चरणमा मानेरियोले साविक विजेताविरुद्ध सोझो सेटमा जित दर्ता गराइन् ।

विश्व वरीयताको ८३औँ स्थानकी मानेरियोले पहिलो सेटमा ६–४ को अग्रता बनाएकी थिइन् । दोस्रो सेटमा पनि २१ वर्षीय मानेरियाले ६–२ को जित दर्ता गरेपछि साविक विजेताको यात्रामा पूर्णविराम लागेको हो । ग्रान्डस्लाममा मानेरियोको यो पहिलो जित हो । विम्बल्डनको इतिहासमा सन् १९९४ पछि पहिलोपटक महिला एकलको साविक विजेता पहिलो चरणबाटै बाहिरिएकी हुन् ।

“म निकै खुसी छु । यो मेरो जीवन र करियरको सबैभन्दा महत्त्वपूर्ण क्षण हो,” जितपछि मानेरियाले भनिन्, “मेरो जीवनमा खेलेको यो सबैभन्दा सुन्दर प्रतियोगिता हो, त्यसैकारण आजको खेल हेर्न आइपुगेका सम्पूर्णमा धन्यवाद ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro