site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराको मेयर नछोड्न शीर्ष नेतृत्वलाई दबाब दिन कास्की कांग्रेस नेतृत्त्व काठमाडौंमा  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने नेपाली कांग्रेसले केन्द्रमा निर्णय गरिसकेकाे छ । उक्त निर्णयपश्चात गठबन्धनका माओवादी र समाजवादी दुवैले पोखरा महानगरपालिकामा आ-आफ्नो दाबी गरेका छ्न् । समाजवादीको पहिलो रोजाइ नै पोखरा हाे ।

भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ । अघिल्लो निर्वाचनमा १३ हजार ७०२ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।

अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४१६ मत ल्याएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसपटक पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ ।

सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांग्रेस नेतृत्व काठमाडौं जाँदै छ । 

Royal Enfield Island Ad

कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं जानेछन् । 

उनीहरुले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको थापाले बताए ।

अहिले कांग्रेसमा दर्जनबढी आकांक्षी पोखराको नेतृत्व लिन तयार छ्न् । उनीहरु आफ्नो पक्षमा लविङ् गरिरहेको छन् । यता गठबन्धन गर्ने केन्द्रको निर्णयले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ ।

कांग्रेस शीर्ष नेतृत्वलाई भेटेर कांग्रेस नेतृत्वमा चुनावमा जाँदा गठबन्धनको जीत सुनिश्चित हुने जानकारी गराइने मन्त्री विन्दुकुमार थापाले बताए ।

यता, एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।

पोखरामा कांग्रेस उमेदवारका आकांक्षी : मन्त्रीदेखि व्यवसायीसम्म, विगतको अवस्था कस्तो थियो ? 

पैँचो फिर्ता माग्दै माओवादी, अंश माग्दै समाजवादी : कांग्रेस भन्छ– मेयर हाम्रो 

एमाले बलियो रहेको पोखरामा ‘आफन्त’को चर्चा !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro