site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलले संघीय लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजीनामा दिएर उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरण अनुसन्धानमा सहयोग गर्नुपर्ने माग गरेको छ ।

उमागौरीमा पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएकोले अनुसन्धान र कानुनी प्रक्रियामा अवरोध नहोस भनेर राजीनामा दिनुपर्ने माग अघि सारेको हो ।

संसदीय दलले कोसी प्रदेशसभा सचिवालयमा विहीबार पत्रकार सम्मेलन गरी कोइराला विराटनगर निवासमै रहेपनि लेखा समिति सभापतिकी श्रीमती भएकै आधारमा पक्राउ नगरिएको आरोप पनि लगाएको छ । 

संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,“राज्यशक्ति र सत्ताको दुरुपयोग हुनसक्ने भएकोले पक्राउ पूर्जी जारी भइसकेको अवस्थामा लेखा समिति सभापतिले राजीनामा दिनुपर्छ ।” 

आङ्बोले सभपति पोखरेलले पहिल्यै आफ्नी श्रीमती निर्दोष रहेको दलिल पेश गर्दै बचाउ गर्ने गरेकोमा पक्राउ पूर्जी जारी भएपछि थप चलखेल हुन सक्ने बताए । माओवादी केन्द्रले कोसी प्रदेश सरकारले गत असोज महिनामा प्रदेश भर बाढी तथा पहिरोजन्य विपद्बाट समस्यामा परेकाहरुको पुनःस्थापनामा कुनै काम नगरेको बताए । 

उनले भने,“पहिले विपद् कोष बनाउने भनेको सरकारले त्यसपछि पुर्नस्थापना र भत्किएका संरचना निर्माणमा कुनै काम गरेको छै ।” 

माओवादी केन्द्रले अबिछिन्न सरकारलाई निर्देशन दिने गरी दुई दलीय संयन्त्र बनाउनु कानुनी राज्यकै उपहास भएको पनि बताए । 

लगानी सम्मेलनमा निजी क्षेत्रको समान सहभागितामा जोड दिएको माओवादीले प्रदेश सभा अधिवेशन नबोलाइँदा प्रमुख विपक्षी र विपक्षी दलले सरकारका समस्या  मुद्दा सदनमा उठाउन नपाएको बताए ।  भने,“चाँडो भन्दा चाँडो प्रदेश सभाको अधिवेशन बोलाउन हामी माग गर्दछौं ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro