site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कास्की जिल्ला अदालतमा तोडफोड, मिसिल प्रमाण चोरीको आशंका
Siddhartha BankSiddhartha Bank

पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । गएराति अदालतको ६ नम्बर इजलासमा तोडफोड भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए ।

२४ घण्टा प्रहरी सुरक्षा र अदालत अगाडि डीएसपीको कमान्डमा वडा प्रहरी कार्यालय बैदाम रहे पनि तोडफोड गर्ने व्यक्ति कसरी प्रवेश गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

६ नम्बर इजलास अदालत परिसरभित्र छ भने उक्त भवनमा सीसीटीभी क्यामेरा छैन । इजलासमा ढोका तोड्न, दराज तोडिएको पाइएको छ भने एउटा रड पनि बरामद भएको छ ।

उक्त फाँटमा ३५३ मुद्दाहरू थिए । थप प्रमाण मिसिलसहित उक्त फाँटमा ५०० जति मुद्दाहरू छन् ।

Global Ime bank

मुद्दा हराएको आशंकामा अदालतका कर्मचारीले छानबिन गर्दा ३५३ नै मिसिल भेटिए पनि थप प्रमाणबारे छानबिन गर्न बाँकी रहेको पनेरुले बताए ।

उक्त इजलास मंगलबार न्यायाधीश देवप्रसाद योगीले हेरेका थिए । बुधबार बिहान मात्रै कार्यालय सफा गर्ने क्रममा तोडफोड भएको खुलेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय