site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी हुन् मन्त्रिपरिषद्का निर्णय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सरकारले केही विधेयकहरू संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ०८१–०८२, ०८५–०८६ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी, बैठकले धितोपत्रसम्बन्धी ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

Agni Group
NIC Asia

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक र नेपाल कानुन व्यवसायी ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने ३८ करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

Global Ime bank

कैलालीको रानीजमरा रेल सिँचाइ आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिकामा १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता बताइन् ।

तमोर करिडोर लिपिङ खोला जलविद्युत् आयोजना बुर्तिबाङ पौदी अमराही तम्घास गोरुसिंगे १३२ केभी प्रसारण लाइन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घल्याम्दी जलविद्युत् आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको सञ्चारमन्त्री शर्माले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय