site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईको सबै नन ग्रेडेड विद्यार्थीलाई पूरक परीक्षा लिन निर्देशिका संशोधन गरिँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन २३ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तयारी थालेको छ । साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तयारी अघि बढाएको हो । 

वर्ष २०८० को एसईईमा नन ग्रेडेड भएका सबै विद्यार्थी सो परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नन ग्रेडेड भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै छ । “परीक्षाअघि पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गर्छ, जसले सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन बाटो खुल्छ,” शर्माले भने । 

लेटर ग्रेडिङ निर्देशिका २०७८ मा सबै विषयमा आन्तरिकतर्फ कम्तीमा ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगर्ने विद्यार्थीलाई नन ग्रेडेड गरिने व्यवस्था छ । 

दुई विषयमा नन ग्रेडेड विद्यार्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । नयाँ निर्देशिकाअनुसार यो वर्ष पहिलोपटक नतिजा प्रकाशन गरिएको हो । तर, वर्ष २०८० को एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले एकपटकलाई सबै नन ग्रेडेड विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन निर्देशन दिएकी हुन् । 

राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ मा परीक्षा बोर्डले एसईईसम्बन्धी विषयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई आवश्यकताअनुसार निर्देशन दिनसक्ने व्यवस्था छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल एसईईको पूरक परीक्षाबारे सम्पूर्ण अधिकार परीक्षा बोर्डमा निहित रहेको बताउँछन् । सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन शिक्षामन्त्रीले निर्देशनको माध्यमबाट सहजीकरण गरेको उनको भनाइ छ । 

मन्त्रालयले एकपटकका निम्ति मात्रै यस्तो निर्णय गरिएको जनाएको छ । २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका छन् । तीमध्ये एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन् ।  यसअघि बोर्डले दुई विषयसम्म नन ग्रेडेड भएका एक लाख १५ हजार ८३४ विद्यार्थीका निम्ति साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा मिति तय गरेको थियो । तर, थप एक लाख २६ हजार २९७ विद्यार्थीको समेत परीक्षा लिनुपर्ने भएपछि परीक्षा मिति केही धकेलेर साउन २३ गतेदेखि निर्धारण गरिएको हो । .

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro