site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको छ : पूर्वगभर्नर नेपाल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् ।

डा. नेपालले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स घट्दै गएको र विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको भन्दै यस्तो बताएका हुन् ।

Agni Group
NIC Asia

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको नेपालले बताए । राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको उनको भनाइ छ ।

“अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रका लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुन्छ । विदेशी मुद्रा सञ्चिति थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधार समेत गर्न सक्ने अवस्था छैन,” उनले भने ।

Global Ime bank

नेपालले सरकारले अर्थतन्त्र सहज बनाउन तत्काल विदेशी सहयोग अनुदानका लागि पहल गर्नुपर्ने बताए ।

सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि सो पूरा नहुने पूर्वगभर्नर नेपालको दाबी छ । अहिलेकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजस्व संकलनको लक्ष्य समेत पूरा नहुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu