site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्री भगवती विजयी, बाँसबारी र टुसाल तथा वीरगन्ज र नयाँबस्ती बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘बी' डिभिजन लिग फुटबलअन्तर्गत शनिबार श्री भगवती क्लब विजयी भएको छ । बाँसबारी युथ क्लब र टुसाल युथ क्लब तथा वीरगन्ज युनाइटेड र नयाँबस्ती युथ क्लब बराबरीमा रोकिएका छन् ।

श्री भगवतीले लगातार दोस्रो जित हासिल गर्नेक्रममा ब्वाइज युनियन क्लबलाई २–१ ले हरायो । ब्वाइज युनियनले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा श्री भगवतीलाई २–१ को नतिजा सुम्पिन बाध्य भएको हो ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बाँसबारी र टुसालले गोलरहित बराबरी खेले । वीरगन्ज र नयाँबस्ती २–२ को बराबरीमा रोकिए ।

लिगमा आइतबार पनि तीन खेल हुनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा भइरहेको छ । शीर्ष दुई टोेली 'ए' डिभिजन लिगमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro