site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जसले आफ्नै मृत्युकाे खबर पढे... !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त थियो । प्रहरीमाथि आन्दोलनकारीहरुले ढुंगा, इँटा, लाठी प्रहार गरे । आन्दोलन मत्थर पार्न  प्रहरीले प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो । 

संसद भवनभित्र र बालुवाटारमा नेताहरुबीच एमसीसीका विषयमा रस्साकस्सी चलिरहेका बेला बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी एकअर्कामाथि खन्निरहेका थिए । झडप सामान्य हुने बेलासम्म केही प्रदर्शनकारी र प्रहरी घाइते भइसकेका थिए ।
 
सोही प्रदर्शनमा सुरुदेखि एमसीसीविरुद्धको प्रदर्शनमा सक्रिय डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी गम्भिर घाइते भए । उनको टोउकोमा ठूलो चोट लाग्यो । घाइते अवस्थीलाई प्रहरी टोलीले उपचारका लागि नजिकै रहेको एभेरष्ट अस्पालत पुर्‍यायो ।  एभेरेष्ट अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै राष्ट्रिय ट्रमा सेन्टर रिफर गर्‍यो । 

हेमराज जीवन र मृत्युको दोसाँधमा थिए । सामाजिक सञ्जाल प्रयोगकर्तालाई पोष्ट गर्नै हतारो । त्यो पनि गलत सूचना । यतिबेलासम्म ‘प्रहरीको गोली लागेर हेमराज अवस्थीको मृत्यु’ भन्दै सामाजिक सञ्जाल भरिसकेको थियो । सामाजिक सञ्जालमा आएको सूचनाबारे सत्यतथ्य पत्ता लगाउन बाह्रखरीले जिज्ञासा राख्दा प्रहरीले घाइतेको उपचार भइरहेको तर मृत्यु नभएको बताएको थियो ।
 
सोही क्रममा सामाजिक सञ्जालमा ‘मृत’ भनेर अवस्थीको फोटो पोष्ट गर्ने केही सामाजिक अभियन्ता र प्रदर्शनकारीहरुलाई सोध्दा प्रहरीले गोली प्रहार गरेको र मृत्यु भएको उनीहरु दाबी गरिरहेका थिए । उनीहरुले एमसीसीविरुद्धको आन्दोलन झन–झन चर्किनसक्ने भन्दै प्रहरीले मृत्यु भएको खबर बाहिर नल्याएको भनिरहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जालमा मृत्यु भनेर पोष्टयाइएका व्यक्ति थिए, बैतडी घर भई कञ्चनपुर बस्दै आएका सुदूरपश्चिम विश्वविद्यालयका अखिल क्रान्तिकारीका अध्यक्ष हेमराज अवस्थी ।

सामाजिक सञ्जालमा उनको मृत्यु भएको खबर आयो । साथीहरुले हेमराजलाई फोन गरे । नचिनेका प्रदर्शनकारी, सामाजिक अभियन्तालगायत अन्य व्यक्तिहरुले सामाजिक सञ्जालमा अवस्थीको मृत्यु भएको खबर र फोटो पोष्ट गरे । जुन खबर कञ्चनपुरका हेमराज अवस्थी आफैंले पढे । आफू परलोक भएको खबर आफैंले पढेको उनी सुनाउँछन् ।  

Global Ime bank

‘‘सुरुमा त मलाई थाहा थिएन । साथीहरुले फोन गरेपछि सामाजिक सञ्जाल हेर्दा सबैतिर मेरै मृत्युको खबर रहेछ । त्यसपछि लगातार साथीभाई आफन्तजनहरुको फोन आउन थाल्यो । त्यतिबेला मोबाइल चलाउने अवस्था समेत आएन,” उनी भन्छन्, “म महेन्द्रनगर बस्छु । पहाडतिर पनि खबर पुगेको रहेछ । घरमा फोन गर्दा घरमा फोेन लागेन,” अवस्थीले भने ।
 
घरमा फोन सम्पर्क नभएपछि बैतडीमा बस्दै आएकी उनकी आमाले पनि छोराको मृत्युको खबर सामाजिक सञ्जालमै देखिन् । त्यसपछि छोरोको मृत्युको खबरले अवस्थीकी आमा अचेत भइन् ।
 
‘‘भ्रामक खबर आएको कुराबारे घरमा समयमै खबर गर्न पाइनँ । केही समयपछि मात्रै फोन सम्पर्क भयो । त्यसपछि घर परिवारलाई सम्झाएँ । म मरेको छैन भनेर आफैंले विश्वस्थ तुल्याउनुपर्ने अवस्था आयो,” आफ्नो मृत्युको खबरबारे उनी भन्छन्, “साथीभाइलगायत धेरैले सामाजिक सञ्जालमा मलाई मृत बनाएर भ्रामक खबर प्रचारप्रसार गरे ।” 
 
बिहीबार आफ्नो परिवार र आफन्तले भोगेको तनाव सम्झिँदै उनले सामाजिक सञ्जालमा नबुझेरै गरिने भ्रामक र झुटा प्रचारले मान्छेको भविष्यमाथि नै खेलवाड भइरहेको बताए । 

‘‘हो–हल्लाकै भरमा मलाई मृत बनाइयो । हावाको भरमा सामाजिक सञ्जालमा पोष्ट गरिएका खबरहरुले पारिवारमा विचलन भयो । भोलिका दिनमा परिवारले आत्माहत्या गर्ने, बेहोस भएर ज्यान गुमाउनेसम्मको घटना निम्त्याउने गम्भीर किसिमको समस्या सिर्जना हुन्छ,” अवस्थीले भने ।

‘‘वास्तविक घाइतेको पनि मृत्यु भएको छैन । उपचारकै क्रममा हुनुहुन्छ । उहाँको स्वास्थ्यलाभको कामना गर्नुको साटो उहाँलाई समेत मृत बनाइएको थियो । यस्तो खालको सामाजिक सञ्जालको प्रवृत्ति एकदमै गलत छ,” उनले दुखेको पोखे । 
 
भीम उपाध्याय, खुसी सेवाहाङ, प्रमे जोशी सन्देश, विकास शाही विनोद भट्ट, नारायण एनटीसी, दैनिक खबरहरुको संगालो, डोटी नेपाल लगायतका व्यक्ति र समूहले सामाजिक सञ्जालमा फेसबुकमा कञ्चनपुरमा सकुसल बसेका अवस्थीको फोटो पोष्ट गर्दै मृत्यु भएको भ्रामक सामग्री प्रचार गरेका थिए ।
 
फेसबुकमात्रै होइन टीकटकमा पनि अवस्थीको फोटो राखेर मृत्यु भइसकेको  भनेर हल्ला फैलिसकेको थियो । सामाजिक सञ्जालमा बिहीबार फैलिएको खबरले अहिलेसम्म आफू र आफ्नो परिवारमा मानसिक तनाव सिर्जना भइरहेको उनी सुनाउँछन् । “परिवारमा खलबल भएको छ । म आफैंलाई पनि तनाव भइरहेको छ,” अवस्थीले भने ।

एमसीसीविरुद्धको आन्दोलनमा काठमाडौंमा घाइते भएका हेमराज अवस्थीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको गएराति शल्यक्रिया गरिएको छ । 

एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीको तस्बिर । 


नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले जिवित मानिसलाई मृत बनाइ सामाजिक सञ्जालमा भ्रामक खबर प्रकाशित गरे प्रकृति अनुसार कारबाही गरिने बताए । 
 
‘‘सामाजिक सञ्जालमा आएको भ्रामक कुराहरुको अवस्था हेरेर विद्युतीय (साईबर क्राइम) अपराध अन्तर्गत कारबाही गरिन्छ । अफवाह फैल्याउने गर्नेहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम कारवाही गरिन्छ । परिस्थिति हेरेर कारवाही प्रक्रिया अगाडि बढाइन्छ,” प्रवक्ता केसीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement