site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
आसन ग्रहणको विषयमा विवाद : रामेछाप कांग्रेस नेता जीतबहादुर मगरमाथि प्रहार 
SkywellSkywell

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ रामेछापको जिल्ला अधिवेशनमा भएको दुई पक्षबीचको झगडा प्रहरी कार्यालयसम्म पुगेको छ ।

गएको जेठ ५ मा भएको अधिवेशनका क्रममा मर्यादाक्रम नमिलाई आशन ग्रहण गराएको विषयमा विवाद भएको थियो । विवाद पछि वीरबहादुर तामाङसमूहले जीतबहादुर मगर समूहमाथि कुटपिट गरेको थियो ।

वीरबहादुर समूहले ज्यानमार्ने नियतका साथ हातपात गरेको जीतबहादुर पक्षको आरोप छ । अहिले यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ । दुवै पक्षको जोहेरी प्रहरीले दर्ता गराएर अनुसन्धान थालेको छ । 

Dabur Nepal
NIC Asia

गएको शुक्रबारमात्रै काठमाडौं प्रहरीको सहयोगमा रामेछाप प्रहरीले जीतबहादुर मगर र चन्द्रबहादुर मगरलाई पक्राउ गरिएको थियो ।

वीरबहादुर तामाङलाई भने जाहेरवालाले नै समातेर प्रहरीमा बुझाएको बताइएको छ । वीरबहादुरको तर्फबाट पनि जाहेरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप कुमार सिंहले कार्यक्रममा भएको झगडाबारे दुवै पक्षले जाहेरी दिएको बताए ।

“दुवै पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । घटनाको भिडियो हेर्दा कुटाकुट भएको देखिन्छ । हामीले दुवैपक्षको जाहेरी दर्ता गराएर अनुसन्धान गर्दैछौ,” डीएसपी सिंहले भने ।

प्रमुख अतिथि पछिको चौथो नम्बरमा आफू रहुनपर्ने भन्दै वीरबहादुर तामाङसमूहले होहल्ला गरेको बताइएको छ । होहल्लापछि हल बाहिर निस्किएर उनी निकट युवाहरुले जीतबहादुरमाथि हातपात गरेका थिए ।

पक्राउ परेका जीतबहादुर नेपाली कांग्रेस पार्टीको तर्फबाट २०७४ सालको निर्वाचनमा रामेछाप जिल्ला क्षेत्र नं. १ प्रदेश सभा (ख) का उमेदवार समेत हुन् । वाग्मती प्रदेश सदस्य पनि हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र विशेष अतिथि पूर्व–सभापति रामचन्द्र खड्का थिए ।   रामेछापका पूर्वजिल्ला सभापति लबश्री न्यौपानेले राजनीतिक मुद्दाका विषयमा झडप हुनु र मुद्दा प्रहरीसम्म पुग्नु कांग्रेसका लागि दुःखद भएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro