site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्ड अध्यक्ष चयन प्रक्रिया अन्योलमा, सिफारिस समितिमै बाझियो राय 
SkywellSkywell

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया झनै अप्ठेरोमा परेको छ ।

सर्टलिष्टमा परेका तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाउनुपर्ने भए पनि दुईजना मात्रै प्रस्तुतिकरणमा सहभागी भएपछि महान्यायाधिवक्ता कार्यालयको राय मागिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले दुईजनामात्रै सिफारिस गर्न मिल्ने कि नमिल्ने भन्नेबारेमा स्पष्ट जवाफ दिएन ।

Dabur Nepal
NIC Asia

तर महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले मौखिकरुपमा पाँचैजनाको सिफारिस गर्न सकिने बाटो सुझाएको स्रोत बताउँछ ।

दुईजनामात्रै प्रस्तुतिकरणमा सहभागी भएपछि बुधबार पनि सिफारिस समितिको दुईपल्ट बैठक बसेर पनि निर्णय गर्न नसकेको स्रोतले जानकारी दियो ।
योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला रहेको सिफारिस समितिको बैठक बुधबार दुईपल्टसम्म बसे पनि राय बाझिएपछि निष्कर्षमा पुग्न सकेन ।

समितिका अध्यक्ष श्रेष्ठ र निरौलाले महान्यायाधिवक्ताको रायअनुसार पाँचैजनाको नाम सिफारिस गरिदिने प्रस्ताव गरेको भए पनि सचिव मरासिनीले त्यसो गर्न नहुने अडान राखेको स्रोतले बतायो ।

सर्टलिष्टमा परेर पनि डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाइँ प्रस्तुतिकरण प्रक्रियामै सहभागी भएनन् ।

सन्तोषनारायण श्रेष्ठ र मुक्तिनारायण श्रेष्ठमात्रै प्रस्तुतिकरणमा आएपछि प्रक्रिया झनै अन्योलमा परेको हो ।

सत्तारुढ दलभित्र निकै महत्व पाएको यो नियुक्ति प्रक्रिया अब झनै अन्योलमा परेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेपछि मात्रै निर्णय प्रक्रियामा पुग्ने तयारी भएको स्रोतले बतायो ।

तीन जनाको नाम अर्थमन्त्रीलाई सिफारिस गरेपछि उनैले मन्त्रिपरिषदको बैठकमा नियुक्तिका लागि प्रस्ताव लैजाने कानुनी व्यवस्था भएका कारण अब दुईजनाको मात्रै पठाउने कि नयाँ प्रक्रिया थाल्ने भन्ने विषयमा अन्योल देखिएको अर्थ मन्त्रालय स्रोतले जानकारी  दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro