site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाकिस्तानी दूतावासले आयोजना गर्‍यो निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ११औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा ७औँ वार्षिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई मेडल र नगद पुरस्कार पाए । अन्य १२ प्रतियोगीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई काठमाडौं विश्वविद्यालयमा उपकुलपति प्रा.डा. भोला थापाले पुरस्कार वितरण गरेका थिए ।

निबन्ध लेखनको शीर्षक 'दक्षिण एसियाली मुलुकको आर्थिक तथा सामाजिक उत्थानमा क्षेत्रीय सम्बन्ध विस्तारको भूमिका'सँग सम्बन्धित थियो ।

PAK-(3)-1719418150.jpg
 

वकृत्वकला प्रतियोगिताको शीर्षक 'दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका'सँग सम्बन्धित थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई उपहार तथा नगद पुरस्कार प्रदान गरिएको थियो । अन्य १३ प्रतियोगीलाई पनि पुरस्कार दिइएको थियो ।

PAK-(1)-1719418151.jpg
 

कार्यक्रममा उपकुलपति थापाले शिक्षा क्षेत्रमा प्राविधिक र निरन्तर सहयोग गरेको भन्दै पाकिस्तानको प्रशंसा गरे ।

पाकिस्तानी राजदूत अबरार एच हास्मिनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गरे ।

PAK-(2)-1719418150.jpg
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro