site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुर मेयर कप : प्रदेश–१ द्वारा लुम्बिनी प्रदेश ९ विकेटले पराजित

काठमाडौं । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ ले पहिलो जित हात पारेको छ । बिहीबार लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश–१ ले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

लुम्बिनीले दिएको ८० रनको लक्ष्य प्रदेश–१ ले १६औँ ओभरको चौथो बलमा १ विकेटको नोक्सानीमा भेटायो । पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्री र काजँल श्रेष्ठबीच ४२ रनको साझेदारी भएको थियो । काजलले २० रन जोड्दा कप्तान रुविनाले अविजित ४८ रन बनाइन् । अप्सरी वेगमले अविजित ९ रनको योगदान गरिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बलिङतर्फ लुम्बिनीकी कृतिका मरासिनीले १ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा जम्मा ७९ रन बनाएको थियो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ३१ रनको योगदान गर्दा लक्ष्मी चौधरीले २३ रन जोड्दा थापा र चौधरीले समान ४–४ चौका प्रहार गरिन् । 

बलिङमा सब्नम राईले चार ओभर नै उत्कृष्ट बलिङ गर्दै १ ओभर मेडन राखेर ५ रन खर्चेर लुम्बिनीका महत्त्वपूर्ण तीन विकेट लिइन् । त्यस्तै कप्तान रुविना क्षेत्री र हेर्मायी रोयले समान एक/एक विकेट लिइन् ।

जारी प्रतियोगितामा दुई जित सहित ४ अंकका साथ विभागीय टोली एपीएफ पहिलो स्थानमा छ भने एक जित र एक हारका साथ सुदूरपश्चिम प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन । त्यस्तै दुवै खेलमा आयोजक पराजित ललितपुर ११ सबै भन्दा पुछारमा छ । प्रतियोगितामा ५ टोलीको सहभागिता छ ।

शुक्रबार पहिलो खेल एपीएफ र ललितपुर त्यसैगरी दोस्रो खेल सुदूरपश्चिम र प्रदेश–१ का बीच हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro