site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
लिटल फ्लावर प्रिमियर लिग : सुवासको अर्धशतकमा लिटिल फ्लावर विजयी
SkywellSkywell

धनगढी । सुवास ऐयरको अर्धशतकप्रेरित लिटिल फ्लावर स्कुलले बिहीबार यू–१९ विद्यालयस्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा स्टेपिङ स्टोनलाई ६१ रनले पराजित गरेको छ । आजै सम्पन्न अर्को खेलमा हेलिल्यान्ड इङ्लिस स्कुल अत्तरियाले शारदा सरस्वती स्कुललाई २ विकेटले पराजित गरयो । 

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको स्टेपिङ स्टोनले ७ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो । 

Dabur Nepal
NIC Asia

स्टेपिङ स्टोनका आयुब चन्दले सबभन्दा धेरै ३२ रन बनाए । विशाल बिष्ट र भुपेश जोशीले समान १४ रन बनए । लिटल फ्लावरका अनुराग सिंहले दुई विकेट लिए । प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले एक एक विकेट लिए ।

त्यसअघि लिटल फ्लावरका लागि सुवासले ६७ रन बनाए । सुवासले ८ चौका र ४ छक्का प्रहार गरे । अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए । स्टेपिङ स्टोनका बिरेन्द्र चन्द र आयुबले समान दुई विकेट लिए । दिनेश ओडको नाममा एक विकेट रह्यो । 

आजै सम्पन्न पहिलो खेलमा होलिल्याण्डले दोधारा चाँदनीको शारदा सरस्वती स्कुललाई २ विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको शारदा सरस्वतिले १८.३ ओभरमा सबै विकेट गुमाएर ७४ रन बनाएको थियो । ७५ रनको लक्ष्य होलिल्याण्डले १६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । 

होलिल्यान्डका लागि अभिषेक पालले सबैभन्दा धेरै २२ रन बनाए । स्रञ्जय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतीका हेमन्त धामी, गणेश बिटालु र विकाश सुनारले समान दुई विकेट लिए । 

शारदा सरस्वतीका लागि विकाश सुनारले सबभन्दा धेरै ११ रन बनाए । निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए । होलील्यान्डका सन्जय बोहराले तीन विकेट लिए । अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए । 
प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा गुरुकुल र सत्यवती एकेडेमी तथा दोस्रो खेलमा सैनिक आवासीय र होलिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro