site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन किरण भन्छन्– न बिर्सेँ तिमीलाईको किड्स भर्सन पनि आउँछ 

काठमाडाैं । नेपाली गजल इतिहासमा एउटा राम्रो छाप छोड्न सफल गीत हो ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ । ०६४ सालमा आएको यो गीत दर्शकको मानसपटलमा आजसम्म पनि ताजा नै छ । अञ्जु पन्त र जगदिश समालको आवाजमा आएको यो गीत अहिले विवादमा तानिएको छ ।
 
गीतकार विपीन किरणले यो गीतलाई अहिलेको पुस्ताको चर्चित गायिका रचना रिमालको आवाजमा ‘रि–रेकर्ड’ गराएपछि विवादमा तानिएको हो । यतिबेला यो गीतलाई लिएर दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । तर, प्रायजसो प्रतिक्रिया भने नकारात्मक आइरहेका छन् । 

गीतकार किरणले माघ २० गते आफ्नै युट्युब च्यानलमार्फत गायिका रिमालको आवाजमा यो गीत सार्वजनिक गरे । तर, नेपाली गीतका स्रोताहरुले भने अञ्जु पन्तकै आवाजमा गीत राम्रो सुनिएको र रचनाले उच्चारण पनि गलत गरेको भन्दै नकारात्मक प्रतिक्रिया दिएका छन् । अहिले यो गीतलाई लिएर चर्को विवाद चुलिएको छ । कतिले गीत रि–रेकर्ड गराउन जरुरी नभएको भनिरहेका छन् भने कतिले रचनाले पनि राम्रै गाएको भनिरहेका छन् । 

ओरिजिनल चलेकै गीत फेरि रेकर्ड गराउन जरुरी थियो र भन्ने हाम्रो प्रश्नको जवाफमा यसका गीतकार किरण भन्छन्, “यो हामीले १५ वर्ष अगाडि बजारमा ल्याएको भएर, नयाँ पुस्ताका लागि फेरि रेकर्ड गराएका हौं । नयाँ पुस्ताले पनि यो गीतलाई अपनत्व ग्रहण गरुन् भनेर रि–रेकर्ड गराएका हौँ । हामीले यसलाई रिमेक गरेका होइनौं । तर, नबुझेरै धेरैले नकारात्मक प्रतिक्रिया दिइराख्नु भएको छ ।”

संगीतकार महेश खड्का पुरानै गीत रि–रेकर्ड गराउने भन्दा पनि नयाँ सिर्जना पस्किनु पर्छ भन्ने मान्यता राख्दछन् । तर उनकै संगीत रहेको यो गीत ‘रि–रेकर्ड’को विवादमा उनी दिवंगत भारतीय दिग्गज गायिका लता मंगेशकरको भनाइलाई पछ्याउँदै भन्छन्, “कुनै समय लता मंगेशकरले भन्नु भएको थियो– एकबारको जीवनमा अरुको सिर्जना लिएर नभएर आफ्नै नयाँ सिर्जनासहित चिनिनु पर्दछ । म उहाँको यो भनाइमा सहमत छु । तर, म यसमा कम्पोजर मात्रै हुँ । विपीन किरण कै लगानी भएकाले यसको सबै अधिकार उहाँसँगै छ । मैले यसमा केही भन्नै मिल्दैन ।”

उनी आफ्नै पुराना सिर्जनाहरु पनि दोहोराएर सुन्न रुचाउँदैनन्, कारण नयाँ सिर्जनामा त्यसकै झल्को आउला कि भन्ने उनलाई डर हुन्छ । एउटै गीतलाई रि–रेकर्ड, रिमेक अनि कभर गर्दा पुरानो ओरिजिनल गीत र त्यसका सर्जकहरु ओझेलमा पर्ने संगीतकार खड्का बताउँछन् ।
 
“पुुरानो गीत ओझेलमा पर्छ । त्यसैले यो राम्रो कुरा होइन,” संगीतकार खड्का भन्छन्, “जस्तै नारायण गोपालकै गीत मोहनी लाग्ला है... पछि राजेश पायल राईले गाउनु भयो । नयाँ पुस्ताले यो गीत कसको भन्दा राजेश पायल राईको भन्नेर भन्छन् । त्यसैले यो गीत मात्रै नभएर कुनै पनि गीत फेरि रेकर्ड गराउनु ठिक होइन ।”

रचना रिमालको आवाजमा पुनः यो गीत सार्वजनिक हुँदा अहिले अञ्जु पन्त र रचना रिमालको गाएकीको तुलना भैरहेको छ । कतिले पन्तको सुमधुर आवाजमा जति न्यायपूर्वक गाएकी छिन् रचनाले त्यो स्तरमा गाउन नसकेको बताइरहेका छन् । कतिले यो गीतक गाउन रचना परफेक्ट च्वाइस नभएको गुनासो पोखिरहेका छन् । 

तर, गीतकार किरण र संगीतकार खड्का यी दुई गायिकाको तुलना नै गर्न नमिल्ने बताउँछन् । “एकजना स्थापित हुन संघर्ष गरिरहेकी अनि अर्को स्थापित भैसकेकी गायिका हुन्, त्यसैले दुई गायिकाको गायनलाई तुलना गर्नै मिल्दैन । मैले रचना रिमाल भर्सन भनेर उल्लेख गरेकै छु,” उनले भने । गीतकार किरणका अनुसार उनले यो गीत रेकर्ड गराउनु अघि गायिका अञ्जु पन्तलाई खबर गरेको र यसमा उनको कुनै आपत्ति नभएको जानकारी दिए । त्यसैले रि–रेकर्ड गराएर अञ्जु पन्त अनि जगदिश समालको योगदानलाई ओझेलमा पार्न खोजियो भन्ने आरोपको खण्डन गर्दछन् ।

‘सर्जक व्यवसायिक हुनु बाध्यता’ 
पछिल्लो समय प्रायः सर्जकहरु आफ्नै युट्युब च्यानल खोलेर गीतहरु रिलिज गरिरहेका छन् । गीतकार किरणले पनि आफ्नै य्ट्युब च्यानलमा गीत रिलिज गरेका छन् । त्यसैले यो उनको आफ्नो युट्युब च्यानललाई प्रमोट गर्ने र आफूलाई फेरि चर्चामा ल्याउने दाउ मात्रै भएको आरोप पनि आइरहेका छन् । 

सर्जकहरु सिर्जनामा मात्रै केन्द्रित नभएर व्यवसायिक पाटो पनि हेर्नु बाध्यता भएको उनी बताउछन् । “म पहिलो व्यक्ति होइन आफ्नै युट्युब च्यानल खोलेर बसेको । अहिले ८० प्रतिशत सर्जकहरु यसरी नै व्यवसायिक पाटो पनि सम्हालेर अघि बढिरहेका छन्,” उनी अगाडि थप्छन्, “यो हाम्रो रहर नभएर बाध्यता हो । आर्थिक अधिकार सुनिश्चित गर्नका लागि हो ।” 

प्रायः गीतकारहरु आफ्नो गीतको निर्माता आफैं हुने गर्छन् । आफ्नो यही बाध्यतालाई किरण भन्छन्, “करिब ९५ प्रतिशत गीतका निर्माता गीतकार हुनुहुन्छ । हामीले हाम्रो गीत तयार भैसकेपछि बजारसम्म पुर्याइदिनु होला भन्नेर म्युजिक कम्पनीलाई जिम्मा दिने गर्दछौं । तर, कति बजारमा पुगे, कति बिक्री भयो के भयो हामीलाई केही खबर गरिँदैन । पहिला क्यासेटको जमानामा सबै प्रस्ट हुन्थे तर अहिले डिजिटल मार्केटमा आइपुग्दा हामीलाई आफ्नै सिर्जना कति सुने कति बिक्री भए केही थाहै हुँदैन् ।”

गीतकार किरणले अब यो गीतलाई किड्स भर्सनदेखि विभिन्न भाषामा पनि रेकर्ड गराउने योजना सुनाए । “हामी यसलाई किड्स भर्सन, लिम्बूलगायत अन्य भाषामा पनि रेकर्ड गराउने योजनामा छौं । त्यसका लागि पनि अञ्जु पन्त जीलाई खबर हुन्छ र उहाँलाई सुनाएर मात्रै फाइनल गर्छौं ।”
 
रचना रिमालको आवाजमा ल्याउने सोच्दा यसरी नकारात्मक प्रतिक्रिया आउला भनेर आफूले नसोचेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro