site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दमन्ता खनाल स्मृति सम्मान’ तिवारी आमालाई प्रदान

काठमाडौं । नेपाल स्रष्टा समाजले बर्सेनि प्रदान गर्दै आएको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान यस वर्ष पाल्पाकी लोकगायिका लक्ष्मी तिवारी (तिवारी आमा)लाई प्रदान गरेको छ । सम्मानका साथ नगद राशि २० हजार एक रुपैयाँ पनि प्रदान गरिएको हो । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकी प्रमुख अथिति अग्रज कथाकार भागीरथी श्रेष्ठले तिवारीलाई सम्मानित गरिन् । समाजकी संस्थापक पुष्पा खनालले आमाको नाममा सम्मानको स्थापना गरेर आफ्नी आमाकै सम्मान गरेको उल्लेख गर्दै हरेक छोराछोरीले आमाबाबुको यसैगरी सम्मान गर्नुपर्ने बताइन् । 

साहित्यकार पवन आलोकले सम्मानका संस्थापक पुष्पा खनालको प्रशंसा गर्दै ०७५ सालदेखि यो सम्मान प्रदान गरिँदै आइएको बताए ।

सम्मानित व्यक्तित्व लक्ष्मी तिवारीले पाल्पाका केही लोकभाका र श्लोकहरू सुनाइन् । डा. शान्तिमाया गिरीले सम्मानित स्रष्टाको परिचय दिँदै ओझेलमा परेका नारी स्रष्टाको खोजी गरेर तिनलाई यो सम्मान प्रदान गरिँदै आइएको बताइन् ।

श्रीओम श्रेष्ठ रोदनले खनालको यो कार्य स्तुत्य रहेको उल्लेख गर्दै सम्मानका विषयमा चर्चा गरे ।

उक्त कार्यक्रममा गीतकार पुष्पा खनालद्वारा लिखित दुई गीतको म्युजिक भिडियोसमेत रिलिज गरियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro