site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छिन्नलता पुरस्कारको घोषणा

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले ०८१ सालकोे ‘छिन्नलता गीत पुरस्कार’ गीत संगीतका विभिन्न सर्जकहरूलाई प्रदान गर्ने निर्णय गरेको छ । 

गुठीका सचिव कवि दिनेश अधिकारीद्वारा प्रेषित विज्ञप्तिअनुसार गीत रचनातर्फ गीतकार राजेन्द्र रिजाल, संगीततर्फ आभास (अच्युत फुयाँल) तथा गायनतर्फ इतु जोजिजू र रामभक्त जोजिजूलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी युवा प्रतिभा पुरस्कार एस.डी. योगीलाई दिने निर्णय गरिएको छ । यो पुरस्कार ०८१ सालको लोकप्रिय गीत ‘रुकुम मैकोट’को संगीत र स्वरका निम्ति योगीलाई प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपैयाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।
 
घोषित पुरस्कारहरू गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्मदिन आउँदो असार २२ गते पर्ने हरिशयनी एकादशीका दिन प्रदान गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro