site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमसीसीमा प्रधानमन्त्री–प्रचण्ड ठाकठुक : आज निर्णायक वार्ता 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी उत्पन्न भएको छ ।

प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी अनुमोदनका लागि पहिले आफूहरूको महाधिवेशनपछि भनेका थिए । महाधिवेशनपछि निर्वाचनपछि मात्र अनुमोदनको प्रस्ताव गरे । योसँगै प्रचण्ड एमसीसीविरुद्ध विचार निर्माणमा लागेपछि प्रधानमन्त्री देउवासँग टेलिफोनमै असमझदारी भएको हो ।

Agni Group
NIC Asia

“प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच टेलिफोनमा सामान्य ठाकठुक भएको छ,” स्रोतले भन्यो, “उहाँहरुबीच आजै ४ बजे भेटवार्ता पनि तय भएको छ । त्यो वार्ताले एमसीसीमा मिलेर जाने वा फरक बाटो तय गर्ने भन्ने टुंगो लाग्न सक्छ ।”

प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि आफ्नो पार्टीको महाधिवेशनसम्म कुर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, महाधिवेशन सकिएपछि उनले निर्वाचनअघि एमसीसी अनुमोदन नगर्न नयाँ प्रस्ताव गरे । नयाँ प्रस्तावपछि प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डसँग केही रिसाएका थिए ।

Global Ime bank

प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सत्ता गठबन्धनका दल तयार नभए सहयोगका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी गरिसकेको बताइन्छ । उनले आजै ओलीसँग पनि भेटवार्ताको तयारी गरेका छन् ।

प्रचण्ड तयार नभए ओलीसँगको विश्वासमा संसद्मा प्रस्ताव लैजाने र अनुमोदन गर्ने देउवाको तयारी छ । “प्रधानमन्त्रीलाई २८ तारिख (फेब्रुअरी)भित्र एमसीसीका विषयमा निर्णय गरिसक्नुपर्ने बाध्यता छ,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “कांग्रेसलाई चुनावमा जाँदा एमसीसी ठिक नभए किन सम्झौता गरेको, ठिक थियो भने संसद्मा किन टेबल नगरेको भन्ने प्रश्न आउँछ । त्यसैले चुनावअघि एमसीसीका विषयमा निर्णय गरिसक्ने तयारी प्रधानमन्त्री देउवाको छ ।”

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र र एमसीसीले दुई नेतालाई लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड आफ्नो कित्ता ‘क्लियर’ गर्ने बाध्यतामा परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu