राजनीति
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा मंगलबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सदस्यका प्रश्नको जवाफ दिइरहेका छन् ।
गएको आइबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेटको समय दिइएको थियो । उनीहरूले पार्टीमा गुटबन्दी बढेको, सरकारले प्रभावकारी काम गर्न नसकेको धारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्