site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामकुमारीको प्रश्न : काठमाडौं र बाहिरका सहरमा पार्क बनाउने सरकारको कार्यक्रम कहाँ पुग्यो ? 

काठमाडौं । नेकपा एकीकृतकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले आज बिहानको भूकम्पपछि आफू सहरी विकासमन्त्री हुँदा ल्याएका योजनाको स्मरण गरेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले सहरी क्षेत्रमा भूकम्प आउँदा मानिस दौडेर जम्मा हुने खुला ठाउँ पनि नभएको भन्दै आफ्नो पालाको योजना कार्यान्वयन नभएको बताएकी हुन् । 

आजको भूकम्पको प्रसंग उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘‘विपद् बाजा बजाएर त आउँदैन भन्छन्, तर बितेका दिनमा भएका घटना कति छिटो बिर्सन्छौँ ? अनि म सहरी विकासमन्त्री भएको बेला ल्याएका कार्यक्रम कता अलपत्र परे होलान् भनेर सोच्न बाध्य भएँ। विपद्मा मान्छे जम्मा हुने खुला ठाउँ छैन, जनसंख्याको वृद्धि सहरकेन्द्रित छ ।’’ 

यही कुरालाई ध्यानमा राखेर आफ्नो पालामा काठमाडौं उपत्यकाभित्र आठ ठाउँमा र घना बस्ती भएका काठमाडौंबाहिरका साना सहरमा प्रतिसहर कम्तीमा दुईवटा पार्क बनाउने नीति र कार्यक्रम ल्याएको उल्लेख गरेकी छिन् । 
 
‘‘काठमाडौंको बानेश्वर चोकलाई ‘बानेश्वर एभेन्यु’ बनाउने, त्यसका लागि मापदण्डअनुसार तीनतिरका केही घरहरूलाई मुआब्जा नै दिएर हटाउने र आईसीसी (संसद् भवन) तर्फको भागको चुच्चो मिलाएर चौडा चोक बनाउने कार्यक्रम थियो,’’उनले लेखेकी छिन्, ‘‘कुन–कुन ठाउँबारे खुला क्षेत्र बनाउने भन्ने अध्ययन गरिएको थियो, कुन मोडालिटीमा काम गर्ने त्यो पनि फाइनल थियो।’’ सबै सूचना र डाटा भने दिन नचाहेको उनले उल्लेख गरेकी छिन् । 

आफूले मन्त्रीको रूपमा संसद्बाट स्वीकृत एउटा कार्यक्रम कार्यान्वयन गर्ने र एउटा नयाँ कार्यक्रम ल्याउने मात्र समय पाएको त्यसपछि सरकारबाट बाहिरिनुपरेको उनले उल्लेख गरेकी छिन् । 

‘‘पछि खै त स्वीकृत कार्यक्रमहरू कार्यन्वयनको  अवस्था ?’’ प्रश्न गर्दै उनले लेखेकी छिन्, ‘‘हामी नेपालीको पाराचाहिँ छेपाराको आहानजस्तै भयो ।’’

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro