site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाइडबडी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । सांसदहरूले वाइडबडी जहाज प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले समितिकै पहलमा वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन गरेका हुन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए ।

विशेष अदालतले अख्तियारको छानबिनमा समेत प्रश्न उठाएकाले छानबिन समिति बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । उनले वायुसेवा निगमले व्यावसायिक हिसाबले काम गर्न नसकेको जिकिर गरे ।

त्यस्तै, सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका विषयमा छानबिन हुनुपर्ने बताए ।

सांसद देवी प्रकाश भट्टचनले पनि वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताए ।

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामान समयमै नपाउँदा मर्मत कार्यमा ढिलाए हुने गरेको बताए । उनले नियतवस हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको बताए ।

अधिकारीले साढे १० प्रतिशत ब्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको पनि बताए । निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उनको भनाइ छ ।

बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro