site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने मात्र बहस भयो : रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आफ्नो पार्टी र नेकपा (एमाले)बीचको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने विषयमा मात्र बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्न सक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो, अरू केही विषयमा केन्द्रित भएन,” उनले भने ।

उनले अरू राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्नेजस्ता विषयमा मात्र बहस हुने गरेको उल्लेख गरे ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ, किन हुनुपर्‍यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरू कसैले भनेको होला,” उनले भने ।

उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्ष्य गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने विषयले अब व्यवस्थापिका नराख्ने भन्नेलाई जोड दिएको टिप्पणी गरे । यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने उनको बुझाइ छ ।

“मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो,” उनले भने, “यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि ! व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।”

नेता रिजालले ‘थ्रेसहोल्ड’ बढाउनु भनेको काग्रेस र एमालेबाहेकका अरू राजनीतिक दल नहोऊन् भन्न खोजेको जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro