site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
Siddhartha BankSiddhartha Bank

सुनसरी । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।  

Agni Group
NIC Asia

मृत्यु भएका तीनैजनाको स्वास्थ्य परीक्षणपछि परिवारजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये नौजनाको न्युरो अस्पताल विराटनगर र एकजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Global Ime bank

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीनजनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu