site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गाम्बिया र क्यामरुन क्वार्टरफाइनलमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । 

गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले युसुफ बोबको पासमा गोल गरेका हुन् । गिनीका रक्षक इब्राहिमा कोन्टेले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यो गोललाई अफसाइड घोषित गरिदिएका थिए । 

Agni Group
NIC Asia

खेल सकिँदा दुबै टोली दश खेलाडीमा सीमित बनेका थिए । ८७औं मिनेटमा युसुफा निजेले दोस्रो पहेंलो कार्डको सामना गरेपछि गाम्बिया दश खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा कोन्टेले दोस्रो पहेंलो कार्डको सामना गरेपछि गिनी पनि दश खेलाडीमा सीमित भएको थियो । 

गाम्बियाले समूह चरणमा अपराजित रहदै नकआउट चरणमा स्थान बनाएको थियो । गाम्बियाले २००४ को उपाधि विजेता ट्युनेसिया र माउरिानियालाई हराएको थियो । भने मालीसँग बराबरी खेलेको थियो । 

Global Ime bank

विश्व वरीयाताको १५०औं स्थानमा रहेको गाम्बियाले अब घरेलु टोली क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । क्यामरुनले गएराति नै कोमोरोसलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । तर, क्यामरुनको जित भने रंगशालाबाहिर भएको दर्शकको झडपले छायामा परेको थियो । 

रंगशालाबाहिर भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको बताइएको छ । 

सातौं मिनेटमा नाडजिम अबडोउले रातो कार्डको सामना गरेपछि कोमोरोस सातौं मिनेटमै दश खेलाडीमा सीमित भएको थियो । २९औं मिनेटमा कार्ल टोको इकाम्बिले गरेको गोलबाट क्यामरुनले अग्रता लियो । भिनसेन्ट अबोबाकरले ७०औं मिनेटमा अयोजक क्यामरुनको अग्रता दोब्बर बनाए । 

८१औं मिनेटमा युसुफ एम‘चानगामाले गरेको गोलबाट कोमोरोसले पुनरागमन गर्न खोजे पनि सफल भएन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय