site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको ‘भाषण’ कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेकेजस्तो : भीम रावल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानजस्ता विषयमा मौन रहेको रावलको टिप्पणी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार ट्विट गर्दै उनले सम्बोधनलाई ‘कसैले घाँटीमा अँठ्याएजस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेकेजस्तो’को संज्ञा दिएका छन् ।

"प्र.म. देउवाको भाषण ध्यानपूर्वक पढियो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन !," उनले लेखेका छन्, "कसैले घाँटीमा अँठ्याएजस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेकेजस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भएजस्तो !"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय