site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रर्वद्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसंगको भेटमा अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत, पर्यटन, निर्यातमुलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् । जलाशाययुक्त जलविद्युत आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन उनले राजदुत प्रिन्जसँग आग्रह गरे ।

यस्तै पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाईरहेकाले काठमाडौं फ्र्याङफर्ट सिधा उडान खुलाउनका लागि पहल गर्न पनि उनले आग्रह गरे ।  "काठमाडौंबाट फ्र्याङर्फटबीचको हवाई उडान जम्मा आठ घण्टा ४५ मिनेट मात्रै छ । जर्मनीले थोरै सहजीकरण गरिदियो भने युरोपबाट धेरै पर्यटक नेपालले भित्र्याउन सक्छ । कोरोना संक्रमणअघि वार्षिक ३६ हजार हाराहारीमा जर्मनीबाट पर्यटक नेपाल आएका छन्  सिधा हवाई उडान हुन सक्यो भने युरोपका अन्य देशबाट पनि पर्यटकलाई आर्कषित गर्न सकिन्छ," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

यूरोपियन यूनियनले नेपाललाई सेफ्टी लिस्टमा राखेको विषयमा अध्यक्ष मल्लले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा मुलक र नियमन छुट्टाछुट्टै बनाउने गरी विधेयक अगाडि बढाएको जानकारी गराउँदै नेपाललाई सेफ्टी लिस्टबाट हटाउने विषयमा प्रक्रिया अगाडि बढाइदिन पहलका लागि आग्रह पनि गरे ।

यस्तै कफि, पस्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानहरुको जर्मनी लगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गरिदिन पनि उनले आग्रह गरे ।

Global Ime bank

चेम्बर पदाधिकारीसँगको भेटमा राजदूत प्रिन्जले पनि कोभिड लगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्न तर्फ नेपाल लाग्नुपर्ने बताए । काठमाडौं फ्र्याङफर्ट सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC