site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बास्किन रोबिन्सको ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा

काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्रान्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखाको उद्घाटन गरेको छ । कम्पनीले काठमाडौंको ऐतिहासिक स्थान वसन्तपुरमा औपचारिक रूपमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेसनल इन्कर्पोरेटेडको यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो ।

Dabur Nepal
NIC Asia

यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुसी बाँड्ने यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेको कम्पनीको भनाइ छ ।

वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानमध्ये एकमा ल्याएको छ ।

उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डीन आर थम्पसन लगायतको उपस्थिति थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro