देश
काठमाडौं । सरकारले हाल नेपालमा सिटामोल लगायतका औषधिको अभाव नभएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल बजारमा हल्ला भएजस्तो सिटामोलको अभाव नरहेको र तत्कालका लागि कुनैपनि औषधिको अभाव नभएको बताए ।
पथलैयामा रहेको औषधि भण्डारण केन्द्रमा १० लाख र सरकारी फार्मेसीहरूमा एक करोडभन्दा बढी सिटामोल भण्डारणमा रहेको डा. अधिकारीले जानकारी दिए ।
साथै कुनैपनि सरकारी अस्पतालमा सिटामोल अभाव भए नेसनल औषधि लिमिटेडसँग सिधै खरिद गर्न र अन्य ठूला अस्पतालहरूलाई पनि आवश्यक औषधिको जोहो गर्न निर्देशन दिइसकिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ १७:३४
प्रतिक्रिया दिनुहोस्