site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिदा भए स्वास्थ्य सचिव डा. पोख्रेल र अतिरिक्त सचिव डा. सिंह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोेख्रेल आइतबारदेखि सेवाबाट बिदा भएका छन् । उनीसँगै अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह पनि आजैबाट बिदाइ भएका छन् ।

उनीहरू उमेरहदका कारण सेवाबाट अवकाश भएका हुन् । डा. पोखरेल २०७८ साउन ४ गते सचिवमा नियुक्त भएका थिए । डा. सिंह २०७९ साउनमा अतिरिक्त सचिव नियुक्त भएका थिए ।

दुई सचिवको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिवका निम्ति तीनजना अतिरिक्त सचिव प्रतिस्पर्धामा छन् । १२औँ तहका डा. विकास देवकोटा, डा. संगिता कौशल मिश्रा र डा. टंक बराकोटी सचिवको दौडमा छन् ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro