site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अचानक डलर छरिएपछि ट्राफिक जाम
Siddhartha BankSiddhartha Bank

एजेन्सी । अमेरिकाको क्यालिफिोर्नियामा गत शुक्रवार सान डियागोको उत्तरी भागको एक स्थानमा एउटा कारबाट नोटका विटाहरु खसेपछि ट्राफिक ठप्प भएको थियो । सडकमा नोट छरिएको देखेपछि ड्राइभर तथा यात्रुहरु आ–आफ्ना कारबाट ओर्लिएर नोट टिप्न थालेका थिए । 

तर, तत्काल घटनास्थलमा पुगेको प्रहरीले तिनीहरुबाट सम्पूर्ण रकम फिर्ता लिने प्रयास गरेको थियो । दि सान डियागो युनियन ट्रिब्युनका अनुसार काल्र्सव्याडको आइ–५ मा उत्तरतर्फ गइरहेको सो कारको एउटा ढोका अचानक खुलेपछि पैसा भरिएका झोलाहरु बाटोमा खसेका थिए । कार बिच बाटोमै रोकियो र मानिसहरु पैसा टिप्न थाले । छरिएका नोटमा अधिकांश १ र २० अमेरिकी डलर रहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीको क्यालिफोर्निया राजमार्ग गस्तिले तत्काल कारावाही अघि बढाएर अवैध रुपमा नोट संकलनमा व्यस्त दुई व्यक्तिलाई हिरासतमा लिएको थियो । 

सामाजिक संजालमा भाइरल भएका भिडियोमा मानिसहरुले हातभर नोट बटुलेका देखिन्छन् । प्रहरीले सो पैसा टिपेर फिर्ता नदिनेहरुलाई तत्काल प्रहरी विभागमा आएर फिर्ता गर्न आग्रह गरेको छ । सो कारले त्यो पैसा सान डियागोबाट सम्भवत लस एन्जेल्स वा अरेन्ज काउन्टीस्थित फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन कार्यालयमा लाँदै थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement