site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
राष्ट्रिय मेलमिलाप र दिल्लीमा १२ बुँदे

राष्ट्रिय मेलमिलापकाे धारणा यथार्थमा बीपी काेइरालाकाे माैलिक भने हाेइन । सुवर्ण शम्शेरले उनीभन्दा पहिले नै सशस्त्र आन्दाेलन चलाएर र भारतीय दबाबमा स्थगित गर्नुपरेपछि ‘प्रजातन्त्र’ फर्काउन ‘राजालाई सहयोग चढाउने’ नीति वक्तव्यमार्फत् सार्वजनिक गरेका थिए ।

यता कृष्णप्रसाद भट्टराई ‘हतियार नउठाउने’ र ‘विदेशमा नजाने’ तर पञ्चायत स्वीकार नगर्ने अडानमा रहेका थिए । यसैले उनलाई बीपीहरू मुक्त भइसकेपछि राजाले कैदबाट मुक्त गरेनन् । 

अर्का नेता सूर्यप्रसाद भारत र दरबारलाई विश्वास दिलाएर देशभित्रै राजालाई प्रजातन्त्र फर्काउन राजी गराउने नीतिमा थिए । सुवर्णजीकाे वक्तव्य र सूर्यबाबुकाे प्रयासबाट बीपी काेइराला र गणेशमान सिंह जेलबाट छुटेका हुन् । बीपीले सुवर्णजीकाे वक्तव्यकाे समर्थन गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

परन्तु, बीपी यी सबैका नेता र सबैभन्दा दूरदर्शी पनि थिए । अपेक्षाकृत आँटिला पनि । अनि  भारतकाे परिस्थिति, दक्षिण एसियामा इन्डोरसियन धुरीकाे बढ्दाे आक्रामक अग्रसरता र भारत सरकारकाे चरम असहयोगका कारणसमेतले उनले ‘राष्ट्रियता र लाेकतन्त्र’लाई एक अर्काका परिपूरक ठान्ने नीति अपनाएर  २०३३ पुस १६ मा स्वदेश फर्केका हुन् । 

बीपीकाे ‘राष्ट्रिय मेलमिलापकाे नीति’ यसैले सुवर्णजी, किसुनजी र आंशिकरूपमा सूर्यबाबुकाे मान्यतासमेतकाे संश्लेषणबाट जन्मेकाे हाे ।   

Royal Enfield Island Ad

तैपनि, उनकाे स्वदेश आगमनप्रति किसुनजीबाहेक दुवै नेताहरू सुवर्णजी र सूर्यबाबुका तर्फबाट असन्तुष्टि प्रकट भएकाे थियो । सुवर्णजीकाे देहावसानपछि नेपाली कांग्रेसका थुप्रै पुराना नेताहरूले बखानसिंह गुरुङकाे नेतृत्वमा कांग्रेसबाट विद्रोह गरे । 

काशीनाथ गौतम, अच्युतराज रेग्मीलगायतका केन्द्रीय र स्थानीय नेताहरू ३८ जनाले वक्तव्य निकालेर राजालाई समर्थन गरे । सूर्यबाबुले डा. डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य र डा. केशरजंग रायमाझीसँग मिलेर बीपीकाे मेलमिलापकाे विराेधमा वक्तव्य दिएका थिए । त्यस वक्तव्यलाई ‘चार वरिष्ठहरूकाे वक्तव्य’ भनिएकाे थियाे र रूस समर्थक मानिने समीक्षाले यसलाई विशेष महत्त्व दिएकाे थियाे । चीनसमर्थक भनिएका टंकप्रसाद आचार्यकाे संलग्नताले उतिबेला पनि विशेष चर्चा पाएकाे थियाे भने डा. रेग्मी, डा. रायमाझी रुसी खेमाका र सूर्यबाबु त यसै पनि भारतकाे संस्थापन निकट नेता मानिन्थे । स्पष्ट छ, भारतकाे संस्थापनलाई पनि नेपालकाे राजदरबारलाई जस्तै बीपी नेपाल फर्केकाे मन परेकाे थिएन । 

मेलमिलापकाे मूल सन्देश भने ‘नेपालका मामिलामा विदेशकाे मध्यस्थता स्वीकार नगर्ने’ र ‘राष्ट्रियता र लाेकतन्त्र अभिन्न एवं परिपूरक’ हुन् भन्ने नै हाे । विडम्बना,  लोकतन्त्रमा विश्वासै नगर्नेहरूसँग नेपाली कांग्रेसकै नेतृत्वमा १२ बुँदे सहमति भारतमा गरियाे ! 

राष्ट्रिय सभामा नियुक्ति

नेपालकाे संविधानका सबैजसाे धाराकाे अक्षर र भावनामा कुनै न कुनै बेला कुनै न कुनै रूपमा कुठाराघात गरिसकिएकाे छ । सबैभन्दा निर्लज्जतापूर्वक अतिक्रमण गरिएकाे धारा भने सम्भवतः ८६ (२) काे (ख) काे प्रावधान अर्थात् राष्ट्रपतिबाट सरकारकाे सिफारिसमा गरिने ३ जना सदस्यकाे मनाेनयन नै हाे ।

दलगत राजनीतिमा संलग्न नभएका राष्ट्रिय जीवनमा प्रतिष्ठित व्यक्तिलाई संसद्मा स्थान दिन यो प्रावधान राखिएकाे हाे । तर, सुरुदेखि नै यसकाे गलत प्रयाेग भयाे ।
शेरबहादुर देउवा नै प्रधानमन्त्री छँदा उनले पार्टी कार्यालयका मुख्यसचिवलगायतलाई माथिल्लाे सदनमा नियुक्तिका लागि सिफारिस गरे । 

राष्ट्रपतिले सरकारकाे सिफारिस मान्न आलटाल गरेर टारिन् । प्रधानमन्त्रीले भावनामा प्रहार गरेका थिए राष्ट्रपतिले त संविधानकाे अक्षरकै अवज्ञा गरिन् । 

खड्गप्रसाद ओली प्रधानमन्त्री भएपछि त लाजले नै लाजमान्ने अवस्था भयो । हुँदाहुँदा दलभित्रकाे शक्ति सन्तुलन मिलाउनसमेत यस प्रावधानकाे निर्लज्जतापूर्वक दुरुपयोग भयाे । वामदेव गौतमलाईसमेत यही धाराअनुसार राष्ट्रिय सभामा नियुक्त गरियाे । 

राष्ट्रपतिले यसपटक भने आलटाल गरिनन् !

भनिन्छ, राम्राे काम गर्न कहिल्यै ढिलाे हुँदैन । यसपटक सरकारकाे सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने एक स्थान पनि रिक्त हुनेरहेछ । यसपटक राजनीतिक भागबन्डा नगरी साँच्चै विख्यात (कुख्यात हाेइन ) कुनै महानुभावलाई माथिल्लाे सदनमार्फत् संसद्मा लाने व्यवस्था सरकारले गराेस् ।   

डा. देवेन्द्रराज पाण्डे वा केदारभक्त माथेमाजस्ता सपुतहरू दलगत राजनीतिमा संलग्न नभएकै कारण संसद्मा नपुग्नु यथार्थमा राष्ट्रकै हानि हाे । नेपाली समाजलाई तिनले लगाएकाे गुन तिर्नु राज्यकाे कर्तव्य पनि हाे ।
भर नभए पनि आशा गर्न त पाइएला नि !

र अन्त्यमा
झुप्राकाे वास

सत्तारुढ गठबन्धनकाे दाेस्राे ठूलाे दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काे महाधिवेशन सकिने क्रममा छ । सम्भवतः खुला प्रतिस्पर्धा धान्न माओवादीलाई कठिन भयाे । सहमतिमा नेतृत्व चयन हुने समाचार सार्वजिनक भएकाे छ । 

महाधिवेशनमा नेताहरूकाे जीवनशैलीकाे चर्काे आलाेचना भएछ । अध्यक्ष दाहालले त ‘झुपडीमा बस्न तयार छु’ भनेर कार्यकर्तालाई ओँठे जबाफ दिएछन् । 

उनका कार्यकर्ताले के भने वा भन्लान् थाहा छैन । परन्तु, सामान्य नेपालीले काेही पनि झुप्रैमा बसोस् भन्ने चाहँदैनन् । यत्ति हाे कसैकाे पनि रहनसहन, लवाइखुवाइ, बसउठ अर्थात्  समग्रमा जीवनशैली वैध कमाइले पुग्ने देखियाेस् । 

दाहालले अहिले प्रतिमहिना कति खर्च गर्छन् र त्यो उनकाे वैध कमाइले पुग्छ भन्ने जानकारी जनतालाई दिए यस्ताे टिप्पणी सुन्नै पर्दैन । दाहालमात्र किन शेरबहादुर देउवा, खड्गप्रसाद ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत सबैले जनतालाई हिसाब बुझाउनुपर्छ । 

दाहालले थालनी गरे अरूमाथि पनि दबाब पर्ने थियो कि? ‘पिअर प्रेसर’ले काम गरी पो हाल्छ कि?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro