काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको नेपल्स चिडियाखानामा सरसफाई गर्ने एकजना कामदारको एउटा पाखुरा खाइदिने बाघलाइ गोली हानी मारिएको छ । एको नामक आठ वर्षिय मलायन बाघलाई चिडियाघरमा मान्छेको हात मुखमा च्यापिएको अवस्थामा भेटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँका अधिकारीहरुका अनुसार भरसक ति बाघलाई मुखको हात छुटाउन गरिएको कोेसिस असफल भएपछि सुरक्षाकर्मीहरुले बाध्य भएर उनलाई गोली हान्नुपरेको बताएका छन् । तिनीहरुले ति सरसफाइ गर्ने कर्मचारी प्रवेश निषेध क्षेत्रमा गई जनावरलाई खाना ख्वाउन खोजेको हुनुपर्ने बताएका छन् ।
गम्भीर घाइते भएका कामदारलाई हेलिकोप्टरमा राखेर अस्पताल पुर्याइएको छ ।
आगन्तुकहरुका लागि चिडियाघर बन्द भएपछि करिव २० वर्षीय ति कामदार बाघको खोर नजिक पुगेको र उनले खोरभित्र आफ्नो हात छिराएको हुनुपर्ने बताइएको छ ।
चिडियाघरका राखिएको बन्यजन्तुलाई छोएर माया गर्ने वा खाना ख्वाउने जस्ता खतरनक गतिविधि सख्त मनाही छ । उनलाई बाह्य कुनै रोजगार कम्पनी मार्फत त्यहाँ काममा राखिएको थियो । यस्ता कर्मचारीहरुलाई शौचालय र गिफ्ट सप बाहेक जनावरहरुका खोर सफा गर्ने अनुमति छैन ।