देश
काठमाडौं । छोरीमैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठान (सिएमएस मेमोरियल एकेडेमी) काठमाडौं र बालकुमारी सिर्जना क्लब, सैंबुको संयुक्त रूपमा स्वास्थ्य शिविरको आयोजना गरेका छन् । एक दिने स्वास्थ्य शिरिमा ९५ जना महिला र १ सय ५७ जना बालबालिका लाभान्वित भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम लिडिङ वमेन एशोसिएशन, भिजन पोलि–क्लिनिक र हाम्रो सहयात्री अस्पताल, कोटेश्वरको संयुक्त सहकार्यमा आयोजना भएको हो ।
स्वास्थ्य शिविरमा स्त्री रोग विज्ञ डा.सुनिता रायले महिलामा देखिने रोगहरु र बाल रोग विज्ञ डा. विद्यापति कन्ठले बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरमा चिकित्सकहरुले बालबालिकामा देखिने विभिन्न समस्या, महिलाको पाठेघर सम्बन्धि विभिन्न समस्या र प्रजनन स्वास्थ्यबारे परीक्षण गर्नुका साथै आवश्यक परामर्श दिएको र औषधिहरू पनि निःशुल्क वितरण गरेको प्रतिष्ठानका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन् ।
श्रेष्ठले कतिपय महिलालाई आफ्नो स्वास्थ्यबारे थाहा नभएको, घर परिवारमा महिलाको स्वास्थ्यबारे हेलचेक्र्याइँ गर्ने गरेको र विशेष गरी पाठेघरमा देखिने समस्याबारे महिलाहरू अनविज्ञ रहने गरेकोले त्यस्ता रोगबारेमा जानकारी दिन र उपचार गराउन सकियोस् भनेर स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन् । अध्यक्ष श्रेष्ठले स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिने, सेवा लिने र शिविर सञ्चालनका लागि आवश्यक सहयोग गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीहरू सबैलाई धन्यवादसमेत दिइन् ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७३ १२:००
प्रतिक्रिया दिनुहोस्