site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल श्रीलंकासँग ६० रनले पराजित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली युवा क्रिकेट टोली आइतबार एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६० रनले पराजित भएको छ ।

प्रतियोगिता नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३२२ रन बनाएको थियो । ३२३ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रनमात्र बनाउन सक्यो । 

श्रीलंकाका ओपनर शेभोन ड्यानियल सुरुमै आउट भए पनि अर्का ओपनर चामिन्दु विक्रमासिंङघे र सदिशा राजापाक्षेले श्रीलंकाको स्कोर उकासे । दुई जनाले दोस्रो विकेटका लागि २२३ रनको साझेदारी गरेका थिए । चामिन्दुले १२६ बलमा ८ चौका र २ छक्कासहित १११ रन बनाए । सदिशाले ११९ बलमा ११ चौका र दुई छक्कासहित १३१ रन बनाएका थिए । दुनिथ वेलालागेले ३४ रन रन बनाए । 

Global Ime bank

नेपालका मोहम्मद आदिल आलमले दुई विकेट लिँदा देब खनाल र विकेक यादवले एक एक विकेट लिए ।

नेपालका अर्जुन साउदले ६४, वासिर अहमदले ४३, सन्तोष कार्कीले ३४, देब खनालले २८ गुल्सन झाले १३ रन बनाए ।

श्रीलंका मथिसा पथिरानाले र रबीन डी सिल्भाले समान तीन विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement