site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदै अन्तिम–१६ मा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बराबरीमा रोकिए पनि इंग्ल्यान्ड समूह विजेता बन्दै युरो–२०२४ को अन्तिम–१६ मा प्रवेश गरेको छ । 

मंगलबार राति भएको खेलमा स्लोभेनियाले ग्यारेथ साउथगेटको टोलीलाई गोलरहित बराबरीमा रोकेको हो । तीन खेलबाट पाँच अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । यो समूहबाट डेनमार्क पनि दोस्रो स्थानमा रहँदै प्रि–क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको छ । 

मंगलबार राति नै भएको खेलमा डेनमार्क पनि सर्वियासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो स्थानको डेनमार्कले तीन खेलबाट तीन अंक जोडेको छ । समान खेलबाट तीन अंक नै जोडेको स्लोभेनियाको प्रि–क्वार्टरफाइनल सम्भावना कायम रहँदा पुछारको सर्विया भने प्रतियोगिताबाट बाहिरिएको छ । सर्वियाले तीन खेलबाट दुई अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro