![१०० शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछन् : मन्त्री पौडेल](https://12khari.top/uploads/posts/Devendra Paudel1634831091.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले १०० शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउने अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो ।
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त १०० शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उनले पीसीएल नर्सिङको अध्ययन वि.सं. २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताए । रासस