site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् नेपाली क्रिकेट टोलीका सम्भावित प्रशिक्षक 
पुबुदु दसानायके । फाइल तस्बिर ।

काठमडौं । ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भयो । त्यसको एक महिनापछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्‍यो । नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले रुचि देखाए ।

क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । १५ बाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइयो । मुख्य प्रशिक्षकको अन्तिम निर्णय हुन बाँकी छ ।

यी हुन् सम्भावित तीन प्रशिक्षक
पुबुदु दसानायके
पुबुदु दसानायके नेपाली क्रिकेटका लागि नौलो नाम होइन । नेपाली क्रिकेट टोलीको हालको सफलतालाई पछाडि फर्केर हेर्दा उनको पनि ठूलो योगदान छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनलाई फेरि नेपाली प्रशिक्षकको मुख्य रोजाइको रूपमा हेरिएको छ ।

नेपाली क्रिकेट र क्रिकेट खेलाडीका विषयमा राम्रो ज्ञान राखेका पुबुदु हाल क्यानले अन्तर्वार्ता लिएकामध्येका एक हुन् । पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु हाल नेपाली टोलीको मुख्य प्रशिक्षका लागि मुख्य दाबेदार मानिन्छन् ।

मोन्टी देशाई
डेभ वाट्मोर नेपालको प्रशिक्षक बन्ने चर्चा चल्नुअघि नै देशाई पनि नेपाली टोलीको प्रशिक्षकका लागि चर्चामा थिए । तर, उक्त समयमा देशाई क्यानको रोजाइमा परेनन् । नेपाली क्रिकेटबारे राम्रो जानकारी राखेका देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरेका थिए ।

देशाईले सन् २०१५ मा राष्ट्रिय क्रिकेट टोलीका लागि पनि काम गरे । देशाईले यसअघि क्यानडाको राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

टेस्ट टोली वेस्ट इन्डिजका लागि पनि देशाईले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । लामो समय क्रिकेट प्रशिक्षकको अनुभव बटुलेका देशाई पनि हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका लागि मुख्य दाबेदार हुन् ।

ग्रान्ट ब्राडवर्न
ग्रान्ट ब्राडवर्न न्युजिल्यान्डका पूर्वखेलाडी हुन् । न्युजिल्यान्डका पूर्वप्रशिक्षक ब्राडवर्न नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकका दाबेदार हुन् ।

सन् २०१४ मा स्कटल्यान्डको मुख्य प्रशिक्षक रहेका ब्राडवर्न योपटक क्यानले छनोट गरेका पाँच प्रशिक्षकमध्येका एक हुन् ।

ब्राडवर्नले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकका रूपमा पनि काम गरिसकेका छन् । उनी सन् २०१८ देखि २०२१ सम्म पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षक रहे । ब्राडवर्न न्युजिल्यान्ड यू–१९ राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक रहिसकेका छन् ।

यी तीनसँगै अन्तर्वार्ता लिइएका अशंखा गुरुसिंह र रुवान कल्प पनि सम्भावित प्रशिक्षक हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro