site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्लेनबाट काठमाडौं जान्थे, माइक्रोमा लाखौँ डलर बोकेर आउँथे !
Sarbottam CementSarbottam Cement

पोखरा । यही नोभेम्बरमा मात्रै छिरिङडुन्डुक गुरुङ तेस्रोपटक नोभेम्बर २६ मा पोखरा आउँदै थिए । उनको ट्राभल 'हिस्ट्री'अनुसार उनी काठमाडौं-पोखरा माइक्रोबसमा यात्रा गर्न सुरक्षित ठान्छन् । पोखराबाट जाँदा पनि प्लेनको प्रयोग गर्ने गरेको देखिएको छ।

उनी तेस्रोपटक पोखरा आउँदै गर्दा शुक्रबार कास्की प्रहरीले 'सरप्राइज चेकिङ' गर्दै थियो । यसअगाडि चेकिङमा नपरेका गुरुङ पोखरा आउँदा शुक्रबारको चेकिङ देखेर हडबडाए । प्रहरीको उक्त 'सरप्राइज चेकिङ'का कारण गुरुङ अहिले कास्की प्रहरी हिरासतमा छन् ।

उनले अवैध रूपमा लाखौँ डलर पोखरा भित्र्याउँदै थिए । अवैध डलर कारोबारको सूचना पाएको कास्की प्रहरीले त्यसकै लागि भनेर पोखरा महानगरपालिका-३२, मजुवामा 'सरप्राइज चेकिङ' राखेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सो क्रममा गुरुङको साथबाट एउटा झोला बरामद भयो । माइक्रोमा उनी बसेको सिटमुनि गुरुङको झोलामा एक लाख ९४ हजार २०० अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो । दिउँसो ३ बजेतिर पक्राउ परेका गुरुङले बोकेको डलर नेपाली मुद्राअनुसार दुई करोड ३२ लाख ६ हजार ९०० रुपैयाँ बराबर हुन आउँछ ।

कास्की प्रहरीले यो घटना संगठित अपराध रहेको र थप कुरा खुलाउन नसकिने भन्दै शनिबार गुरुङलाई सार्वजनिक गरेको छ ।

Global Ime bank

प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन् । गुरुङको साथबाट अवैध डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिक लगेर बरामद डलर सक्कली रहेको पुष्टि गरेको छ । राष्ट्र बैंकका कर्मचारीले मेसिनमा राखेर बरामद डलरको परीक्षण गरेका थिए ।

डलरसहित पक्राउ परेका गुरुङको साथबाट प्रहरीले दुईवटा मोबाइल, नेपाली नागरिकता र एकथान चेकबुक पनि बरामद गरेको छ ।

उनलाई पोखराको मझुवाबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । “उनको झोलामा ५० अमेरिकी डलरको नोट ७२ वटा र १०० डलरको नोट एक हजार ९०६ वटा भेटिएको छ,” उनले भने ।

उनलाई सार्वजनिक गर्दै गर्दा डलरको तस्करीसँग सुन जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले जानकारी दिए । तर, त्यसमा संलग्न काठमाडौंमा एउटा 'पार्टी' रहेको पहिचान भएको भन्दै उनले अहिले विस्तृतमा खुलाउन भने नमिल्ले बताए ।

खुला सीमानाकाका कारण भारतबाट अवैध सुन तस्करी हुने गरेको र त्यसको 'कनेक्सन' अवैध विदेशी मुद्रासँग जोडिएको हुन सक्ने तथा पोखरा 'ट्रान्जिट हब' बन्न सक्ने उनले संकेत गरे । “यो एक व्यक्तिले मात्रै गर्न सक्ने कुरा होइन, यसमा ठूलो गिरोह संलग्न छ । तर, त्यसमा को-को छन् भन्ने अनुसन्धान गरिरहेका छौँ,” उनले भने ।

गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग काठमाडौंको जिम्मा लगाइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलनसम्बन्धी ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको एसपी थापाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय