site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
३० सांसदको समर्थन पाएका गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पाएको घोषणा 
फाइल तस्बिर ।

पोखरा । संविधानविपरीत गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा प्रदेशसभामा भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको र आफ्नो मत सुरक्षित रहेको  भन्दै विश्वासको मत पाएको घोषणा गरेका हुन् । यो घोषणा संविधानको धारा १८८ ले विश्वासको मत पाउन सम्पूर्ण सदस्य संख्याको बहुमत पाउनुपर्छ भनेको छ ।

Argakhachi Cement Island Ad

उपधारा ३ मा भनिएको छ, "... बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।" तर यही व्यवस्थालाई उल्लंघन गर्दै सभामुखले बहुमत पाएको घोषणा गरेका हुन् ।

अधिकारीलाई एमालेका २३, माओवादीका सात (नेसपाका फणिन्द्र देवकोटासहित) र दीपक मनाङे (राजीव गुरुङ)ले मत दिए । विपक्षमा कांग्रेसको २७ मत पर्‍यो भने दुई सांसद रहेको राप्रपा तटस्थ बसे । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्