site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहमन्त्रीको निर्देशन– तत्काल डढेलो लगाउनेलाई खोजेर कारबाही गर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल डढेलो लगाउनेहरूको खोजी गरेर कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्‌कालीन छलफल’मा आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएकाले आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिए ।

"केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रूप लिइसक्यो । तर, आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला," मन्त्री लामिछानेले गृह मन्त्रालय, मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ थियो । उनले आगो लगाउने व्यक्तिबारे सूचना भए स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रशासन, नजिकको प्रहरी कार्यालयलगायतलाई सूचना दिन आग्रह पनि गरे ।

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै ‘एककीतृ कमान्ड सेन्टर’ स्थापना आवश्यक रहेको औँल्याए ।

Global Ime bank

दुई महिनायता आगलागीका घटनामा परी ५० जनाको ज्यान गएको, १४० जना घाइते भएको र एक हजारभन्दा बढी घर पूर्णरूपमा नष्ट भएको प्राधिकरणले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement