site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार ब्याचका एसएसपीको दौडधुपले डीआईजी बढुवा पेचिलो बन्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैशाख ३ गते प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाल र उमेशराज जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भए । 

गृह मन्त्रालयको बढुवा समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।  तर, बढुवा सिफारिस भए पनि उनीहरुले हालसम्म एआईजीको दर्ज्यानी चिह्न भने लगाउन पाएका छैनन् । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर इन्टरपोलको कार्यक्रममा भाग लिन फ्रान्स जाँदा उनीहरुको दर्ज्यानी चिह्न लगाउने कार्य ढिला भएको हो । अहिले कुँवर नेपाल फर्किइसेकेका छन् ।

अबको केहीदिन भित्रै उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिने तयारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली २०७१ अनुसार एआईजीको उमेर हद ५६ वर्ष तोकिएको छ ।  सोही प्रावधानका आधारमा एआईजी सन्दिप भण्डारी र मिरा चौधरीले अवकाश पाएपछि रिक्त दरबन्दीमा ढकाल र जोशी बढुवा भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु एआईजीमा बढुवा र अर्का डीआईजी विकाशराज खनाललेसमेत उमेर हदका कारण अवकाश पाएसँगै हाल डीआईजीमा तीन दरबन्दी रिक्त भएको छ ।

रिक्त तीन दरबन्दीका लागि बढुवा हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दौडधुपमा छन् ।

Global Ime bank

यी हुन् डीआईजीका प्रतिष्पर्धी

गृह मन्त्रालयले एआईजी सन्दीप भण्डारी र मिरा चौधरी अवकाश पाउन करिब एकहप्ता अगावै डीआईजी ढकाल र जोशीको बढुवा गरेको थियो । तर, एसएसपीबाट डीआईजीको बढुवा भने पेचिलो बनेको छ ।

डीआईजीको तीन दरबन्दीका लागि चार ब्याचका एसएसपी लबिइङमा लागेपछि बढुवा पेचिलो बनेकोे हो । 

हालका आईजी कुवँरसँगै २०५१ चैत ५ देखि प्रहरी सेवा सुरु गरेका एसएसपी देखि २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका ३६ जना एसएसपी अहिले डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

जसमध्ये २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका एसएसपीहरु डीआईजीको प्रतिस्पर्धामा देखिए पछि बढुवा पेचिलो बनेको प्रतिस्पर्धीमध्येकै एसएसपीहरुको भनाइ छ ।  यो ब्याचबाट डीआईजी बढुवा भए २०५३ मा भर्ना भएकाहरुको प्रहरीको आईजीपी बन्ने सम्भावना सकिने छ । 

०५४ को टोलीबाट दुईजना र एकजना आईजीपीकै ब्याचका एसएसपीलाई बढुवा गर्नुपर्ने र ०५३ का एसएसपीलाई रोक्नुपर्ने लाइनमा केही प्रहरी अधिकारी नै लागेका छन् ।

सोही अनुसारको बिफ्रिङ उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समेत गरेका छन् ।  तर, आर्ईजीपी कुवँर भने ब्याच मिच्दा विवाद हुने भन्दै आफ्नै ब्याचका एसएसपीलाई डीआईजी बनाउने अडानमा छन् ।

२०५१, २०५२ को टोलीमा भर्ना भएकाहरु बढुवा भए पनि आईजीपी बन्ने सम्भावना हुँदैन । उनीहरु प्रहरीको ३० वर्षे सेवा अवधि र उमेरहदका कारण अवकाशमा जानेछन् । हाल आईजीपीकै ब्याचीहरु भोलाबहादुर रावल, धु्रवराज राउत, गणेश चन्द र दिल्लीराज बिष्ट छन् ।

त्यस्तै २०५२ मा भर्ना भएका कृष्णहरि शर्मा छन् ।  तर, उनीहरु भन्दा एसएसपीको बढुवामा शर्मा अघि थिए । 

तर, उनीहरु बढुवा भए पनि आगामी चैत्रभित्र नै अवकाशमा जाने भएपछि उनीहरुको साटो प्रहरीको नेतृत्वमा विकासका लागि २०५३ र २०५४ मा भर्ना भएका निरीक्षकहरुको टोलीबाट बढुबा गर्नुपर्ने लाइनमा गृहमन्त्री देखिएको गृहका एक अधिकारीले बताए ।

५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुबीच बढुवाको मूख्य लडाइँ छ । राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएको पुरै टोलीलाई बाइपास गरेर जानुपर्ने भन्ने लाइन प्रहरी संगठनमा ठूलो छ ।

जुन स्वाभाविक भने देखिँदैन । २०५३ को टोलीबाट डीआईजी बढुवाको मूख्य प्रतिस्पर्धामा एसएसपी सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी छन् ।

त्यस्तै २०५४ को टोलीबाट दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी डीआईजीको मुख्य प्रतिष्पर्धी देखिएका छन् । उनीहरु ०५३ को टोलीबाट एकजना आईजीपी बने पनि आफ्नो ब्याचबाट ०५४ को टोली स्वाभाविक आईजीपी बन्नेछन् । 

तर, ०५४ को टोली अहिले बढुवा भएर ०५३ को टोली छुटे भने उनीहरुको आईजीपी बन्ने बाटो सकिने छ । प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आईजीपी कुवँर आगामी ५ चैतमा अवकाश पाउनेछन् । 

त्यसपछिको ६ महिना उनकै वैकल्पिक टोली हालका एआईजी दिपक थापा, सुदिप गिरी र टेक तामाङ मध्ये एक जना आईजीपी हुनेछन् । त्यसपछि भने अहिले बढुवा हुने ०५३ वा ०५४ को टोलीबाट आईजीपी हुनेछन् ।
 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement