site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याम्सले आगामी आवदेखि एमबीबीएस पढाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबीबीएस पढाउने भएको छ । प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताए ।

“हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोगका साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आवबाट एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारीमा छौँ,” उनले भने ।

प्रतिष्ठानले एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच र नर्सिङ तथा अलाइड साइन्सका विभिन्न ६८ शैक्षिक कार्यक्रम रहेका छन् । उनले सय जना विद्यार्थीलाई एमबीबीएस पढाउने गरी तयारी गरिएको बताए ।

“हामीले एमबीबीएसका लागि पाठ्यक्रम पनि तयार बनाइसकेका छौँ । शिक्षक हामीसँग रहेका छन्,” उनले भने, “बेसिक साइन्स पठाउने भवनमात्र हामीलाई आवश्यक हो । त्यसको माग हामीले सरकारसमक्ष गरेका छौँ ।”

उनका अनुसार पहिलो र दोस्रो ब्याचमा भने ५०/५० जना विद्यार्थी भर्ना गर्ने तयारी गरिएको छ । प्रतिष्ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकामा यसलाई सेवासुविधा विस्तार गर्न सरकारबाट ५७० रोपनी जग्गा दुवाकोटमा प्राप्त भएको छ ।

उक्त स्थानमा एक हजार ५०० शय्याको सुपर स्पेसियालिटी अस्पतालसहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य अलाइड हेल्थ साइन्सका कलेजहरूका साथै आवास गृह बनाउने योजनासहित गुरुयोजना तयार पारेको उपकुलपति डा बस्नेतले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा ५०० शय्याको अस्पताल र मेडिकल कलेज बनाइनेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro