site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी हुन् जसपा विभाजन गर्ने सात सांसद : श्रेष्ठ संघीय परिषद्, अशोक राई अध्यक्ष 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी विभाजन भएको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको सो पार्टीका सातजना सांसदसहित केन्द्रीय सदस्यको हस्ताक्षर लिएर अशोक राई निर्वाचन आयोग पुगेका छन् ।

जसपामा अहिले १२ जना सांसद रहेका छन् । त्यसमध्ये सात जनाको हस्ताक्षर पार्टी विभाजनको पक्षमा रहेको छ । त्यसैले सो पार्टीको आधिकारिकता माग गरिएको जनाइएको छ । उपेन्द्र यादव भने अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी र स्वच्छाचारी प्रवृत्ति देखाएकाले पार्टी विभाजन गर्नुपरेको सांसद सुशीला श्रेष्ठले बताएकी छन् ।  दल विभाजन गर्न निर्वाचन आयोग पुगेका विद्रोही समूहले पार्टीमा आन्तरिक लोकतन्त्र मरेको र यादव एकल हाबी भएको भन्दै असन्तुष्टि पोखेको छ । 

“उहाँमात्र हाबी हुने आन्तरिक लोकतन्त्र नमानेपछि यो निर्णयमा हामी पुग्यौ,” श्रेष्ठले बाह्रखरीसँग भनिन् ।  समानता र सम्मानको विषय पटक पटक उठाउँदा अध्यक्ष यादवले सुन्नै नचाहेको आरोप उनको छ । त्यसैले पार्टी विभाजन गर्नुपरेको उनले तर्क राखिन् । 

Global Ime bank

अध्यक्ष अमेरिका गएकै वेला पार्टी विभाजन किन? छलफल भएन भन्ने प्रश्नमा उनले यी विषय पार्टी बैठकमा पटक पटक उठाउँदा पनि सुनुवाइ नभएको गुनासो पोखिन् ।  “महाधिवेशन गरौं भन्दा पनि नमान्ने । हाम्रो कुरा सुन्नै नचाहेपछि अति भयो र हामी यो निर्णयमा पुग्यौं,” उनले सुनाइन् । 

दल विभाजन गर्न भन्दै अशोक राइको नेतृत्वमा ७ जना सांसद आयोग पुगेका छन् ।  श्रेष्ठका अनुसार अब केन्द्रीय समिति बैठक बोलाउने र आफ्नो पक्षमा पार्टी सदस्यलाई ल्याउने तयारी छ । सात सांसदमा अशाेक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशाेशार शाह सुडी रहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement