site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंसहित पहाडी भूभागमा सामान्य वर्षा, भोलि के होला ?
आइतबार साँझ वर्षा भएपछि छाता ओढेर हिँड्दै पैदलयात्री । तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । आइतबार अपराह्न काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पनि सामान्य वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले सामान्य वर्षा भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाका अनुसार कोसी, वाग्मती  र गण्डकी  प्रदेशका पहाडी भागमा वर्षा भएको हो ।

Barsha-Rain-Paani-(3)-1714921782.jpg
 

Global Ime bank

आज राति पनि कोसी,  गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Barsha-Rain-Paani-(4)-1714921782.jpg
 

भोलि कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement