site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सन् २०५० सम्ममा दृष्टिविहीनको संख्या ११ करोड नाघ्न सक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी चार दशकमा विश्वभर दृष्टिविहीनको संख्या ३ गुणाले बढ्ने एक अनुसन्धानबाट फेला परेको छ ।

ल्यानसेट ग्लोबल हेल्थमा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार विश्वभर सन् २०५० सम्ममा दृष्टिविहीनको संख्या ३ करोड ६० लाखबाट ११ करोड ५० लाख पुग्ने देखिएको छ ।

तर स्वास्थ्य चेतनामा वृद्धि र सुधारमा केन्द्रित भएमा उक्त जोखिम कम हुने अनुसन्धानकर्ताहरुको सुझाव छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वमा रहेका मानिसहरुको उमेर पनि बढ्दै गएकाले यो संख्या पनि बढ्दै गएको अनुसन्धानकर्ताहरुको दाबी रहेको बीबीसीले जनाएको छ ।

अहिलेको परिप्रेक्षमा पनि दक्षिण एसिया र अफ्रिकी क्षेत्रमा दृष्टिविहीनको संख्या बढिरहेको उक्त रिपोर्टमा उल्लेख छ ।

Global Ime bank

१८८ वटा देशका करिब २० करोड मानिसमा गरिएको परीक्षण र अनुसन्धानपछि उनीहरुमा दृष्टि सम्बन्धि सामान्यदेखि गम्भीर किसिमका समस्या फेला परेको देखिएको छ । सन् २०५० सम्म दृष्टिसम्बन्धि समस्या ५५ करोडसम्म पुग्ने अनुमान गरिएको छ ।

“कुनै पनि मानिसमा सामान्य किसिमको दृष्टि दोष देखियो भने पनि यसले जीवनभर प्रभाव पार्छ,” एंगिला रसकिन विश्वविद्यालयका प्रोफेसर रुपर्ट ब्रोउनले भने ।

“उदाहरणको लागि हामी उनीहरुको निर्भिकतामाथिको कमीलाई नै लिन सक्छौं । सामान्य दृष्टिदोष भएका मानिसले आफैं गाडी समेत चलाउन सक्दैनन्,” उनले भने । 
यो क्रमलाई रोक्नको लागि क्याट्या¥याक्ट सर्जरी र मानिसहरुले उपयुक्त चश्माको प्रयोग गर्नुपर्ने अनुसन्धानले सुझाव दिएको छ ।

दृष्टिदोषबाट प्रभावित जनसंख्याः

दक्षिण एसियामा १ करोड १७ लाख

पूर्वी एसियामा ६२ लाख

दक्षिण–पूर्वी एसिया ३५ लाख

अफ्रिकाको सहारा क्षेत्रको ४ प्रतिशत जनसंख्या

पश्चिम युरोपको कुल जनसंख्याको शुन्य दशमलव पाँच प्रतिशत जनसंख्या
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC