site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने, भागबन्डा मिलाउन ३ मन्त्रालय फुटाइने
तस्बिर : विराटनगरको एक होटलमा छलफलमा जुटेका गठबन्धन दलका सांसद । 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । प्रदेश १ मा पाँच दलीय गठबन्धनले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार प्रदेश राजधानी विराटनगरस्थित बिग होटलमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरूको भेलाले गठबन्धनका तर्फबाट मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

मुख्मन्त्री राईले भोलि मंगलबार विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा आइतबार सूचना दर्ता गराएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रदेश सभास्थित दलको कार्यालयमा सोमबार नै नेपाली कांग्रेस संसदीय दलको बैठक बसेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस सांसद तथा सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले मंगलबारको बैठकमा मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । “गठबन्धनको छलफलमा पनि सबै दलका तर्फबाट मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय भएको छ,” उनले भने । 

Royal Enfield Island Ad

कात्तिक १५ गते मख्यमन्त्री राईले शपथ लिएका थिए । नेकपा एमाले विभाजन भएर अल्पमतमा परेपछि भीम आचार्यले राजिनामा दिएपछि गठबन्धनका तर्फबाट सरकार सञ्चालनमा दाबी पेस गरिएको थियो । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसंग ५० सांसद छन् । 

भागबन्डा मिलाउन मन्त्रालय फुटाइने 

मुख्यमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तारको काम थालिने बताइएको छ । तर, कुन मन्त्रालय कुन दलको भागमा पर्ने भन्ने तय हुन भने बाँकी नै छ । मन्त्रालय फुटाएर गठबन्धन दलको भाग पुर्‍याइने कांग्रेस सांसद गन्गाईले बताए । यस विषयमा मुख्यमन्त्री राईले गृहकार्यसमेत थालेका छन् ।

विश्वासको मतपछि सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका प्रमुख दलमध्ये कांग्रेसले चार, नेकपा(माओवादी केन्द्र) ले तीन र नेकपा(एस) ले दुई मन्त्रालय दाबी गरिरहेका छन् । जसपाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले सामाजिक विकास मन्त्रालय लिइसकेका छन् । कांग्रेसले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार तथा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएको छ ।  

कांग्रेस सांसद गन्गाईकाअनुसार कुन मन्त्रालय कसको भागमा पर्छ भन्ने अहिले नै यकिन भइनसकेको बताए । “मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेपछि मात्र यो प्रक्रिया अघि बढ्ने छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro